५ लाख धरौटी तिरेका वडाध्यक्षमाथि अर्काे मुद्दा, सोमबार अदालत लगिँदै
प्रकाशित २०७४ माघ ७ आइतबार
476
Shares
काठमाडौं । केन्द्रीय अनुसन्धान सिआइबीले मानव बेचबिखन तथा ओसारपसार सम्लग्नताको अभियोगमा पक्राउ परेका नुवाकोट दुप्चेश्वर गाउँपालिकाका १ का वडाध्यक्ष ४९ वर्षीय सुनबहादुर तामाङलाई सोमबार अदालतमा पेश गर्ने भएको छ । मानव बेचविखनको मुद्दामा ५ लाख धरौटी तिरेको भएपनि सिआईबीले पुरानो मुद्दामा ५ वर्ष जेल सजायको फैसला भईसकेकोले यसको लागि सोमबार अदालतमा पेश गर्न लागेको हो ।
मानव बेचविखनको मुद्दामा सिआईबीले गत पौष ६ गते नुवाकोटबाट नै पक्राउ गरेका तामाङ सो मुद्दामा ५ लाख धरौटीमा छुटेपनि सिआईबीको टोलीले अर्काे मुद्दामा उनलाई अदालतमा पेश गर्न लागेको ब्यूरोले जनाएको छ । तामाङले मानव बेचविखन गरेको आरोपमा गत २०७१ साल वैशाख ५ गतेदेखि नुवाकोट जिल्ला अदालतमा मुद्दा खेपिरहेको नुवाकोट जिल्ला अदालतमा श्रेष्तेदार महिमानसिह विष्टले जानकारी दिएका छन् ।
नेपाली कांग्रेसको तर्फबाट स्थानीय तहको निर्वाचनमा तीनसय ८८ मत ल्याएर तामाङ वडाध्यक्षमा निर्वाचित भएका थिए । १० महिना अगाडि पक्राउ परेका तामाङ ६ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका थिए । फौजदारी मुद्दाका आरोपी वडाध्यक्ष तामाङ जिल्ला अदालतमा तारेख लिदै गरेको नुवाकोट अदालतले जनाएको छ । उनको मुद्दा जिल्ला अदालतमा विचाराधिन छ ।
तर, उनलाई जिल्ला अदालत नुवाकोटबाट लगत मगाई सकिएकोले सोमबार काठमाडौं जिल्ला अदालतमा नै पेश गर्ने तयारी भईरहेको ब्यूरोले जनाएको छ ।