arrow

यसकारण हुनुपर्छ बाम एकता !

logo
प्रकाशित २०७४ माघ ९ मंगलबार
uml-maobadi-flag.jpg

काठमाडौं । नेपाली राजनीतिमा हुन बाँकी केही छैन । हरेक दिन नेपाली राजनीतिमा परीक्षणमात्र भइरहेको छ । यो परीक्षणले मुलुक नै परीक्षणमा गएको छ ।

कहिले यसले निकास पाउला भन्ने कुर्दा पनि नजाने कतिले आफ्नो प्राण त्यागे । नेपाली काँग्रेसको परीक्षणले हरेक परिवर्तनको नेतृत्व गर्छ । तर त्यसको सही सदूपयोग गर्न नसक्दा नेतृत्व गरेको केही वर्षमै फेरि त्यो परिवर्तन ‘एक्सपायरी डेट’ मा परिवर्तन हुन्छ । 

२००६ सालदेखि नेपाली राजनीतिमा स्थायित्वमा आएको कम्युनिष्ट पार्टीले अहिलेसम्म आफूलाई केही दर्जन पटक टुक्रा टुक्रा पार्यो । 

कहिले मिलन र कहिले विछोडको राजनीतिमा होमिएको कम्युनिष्टले काँग्रेस अधोगतिमा जाने बेलामा जहिले पनि अवसर लियो । 

तर कहिल्यै बहुमतसहित सरकारमा गएन । 

दिनगन्तीका हिसाबले नेपालमा गणतन्त्र स्थापना भएपछि कम्युनिष्ट राज बढ्यो । विकासको दर घट्यो । 

अहिले एउटा अवसर रहेको छ कम्युनिष्टहरुलाई एक भएर बहुमतको सरकार बनाउने । 

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भएको चुनावी एकताले पार्टी एकताको मुर्तरुप लिँदै गर्दा एमाले र माओवादी नै भनिरहेका छन् एकताका लागि चलखेल भइरहेको छ । 

त्यो चलखेल अन्य दल वा शक्तिले नभइ आफूहरुभित्रको त्रास हो । किनकि यो गठबन्धन पवित्र यसै पनि छैन । 

पवित्र भइदिएको आशंका र संसय पैदा हुने थिएन । 

र, पनि अहिले जसरी पनि यिनीहरुबीच एकता हुनुपर्छ र पाँच वर्षसम्म बहुमतको सरकार बनाउनु पर्छ । 

यदि त्यसो हुन पाएन भने यिनीहरु फेरि वर्षौंसम्म बहुमतको सरकार नहुँदा विकास गर्न पाएनौं भन्दै जनतामाथि भ्रष्टाचार गरिरहन्छन् । 

अनि यही मेसोमा बढी वुद्धि भएका र लोकतान्त्रिक भनाउँदा काँग्रेस नेताहरुलाई पनि नयाँ नेपाल पढ्ने अवसर मिल्छ । 

एमाले र माओवादीले आश्वासनका पोका बाँडेको धेरै भएको छ । 

एमालेले वृद्धभत्ता बाँडेर ठूलै फड्को मारेको गफ हाँक्छ । 

माओवादीले सर्वहाराको नेतृत्व गरेको भन्दाभन्दै झनै कंगल बनाएर छाड्यो । 

माओवादी अध्यक्ष प्रचण्डकै सन्दर्भ जोड्ने हो भने पुग्छ । 

सम्पत्तिको नाममा एक आना जग्गा नभएका अध्यक्षका अहिले काठमाडौं उपत्यकामा ठूला ठूला दुई वटा भवन भइसकेका छन् ।

र पनि उनले दुवै घर आफ्ना नभएका बताउँछन् । सधै भाडाको भन्छन् । आम्दानी नै नभएका नेताले भाडा कसरी तिर्छन् ? 

के यिनलाई सम्पत्ति सुद्धीकरणले नछुने ? 

यस्तै छन् एमाले र माओवादीका अन्य नेताहरु पनि । 

तसर्थ मौलाएको साम्यवादीरुपी भाइरलले केसम्म वितण्डा मच्याउँदो रहेछ । 

कम्तीमा केही समय हेरौं । धेरै परीक्षण नेपाली राजनीतिले गर्यो अब यो पनि हेरौं । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ