arrow

कांग्रेसले छान्यो ४ प्रदेशका उम्मेदवार, को-को परे ?

logo
प्रकाशित २०७४ माघ ९ मंगलबार
nc-party-office.png

काठमाडौं ।  नेपाली  कांग्रेसले ४ बाट प्रदेशबाट राष्ट्रिय सभा सदस्य निर्वाचनका उम्मेदवारको नाम टुंगो लगाएको छ । मंगलवार बसेको कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारी बैठकले  प्रदेश ४, ५ र ६ बाट प्रदेशका उम्मेदवारको टुंगो लगाएको हो ।

बैठकले प्रदेश ४ बाट सुरेन्द्र पाण्डे (खुला), बृन्दा आले  ( महिला), मैकुलाल बाल्मीकि (दलित), प्रकाश पन्त (अपांग/अल्पसंख्यक) उम्मेदवार रहने निर्णय गरेको छ ।

साथै प्रदेश ५ बाट दुर्गाप्रसाद उपाध्याय, अन्य समूह, अनिता देवकोटा  ( महिला), जीतबहादुर नेपाली (दलित), लुटबहादुर खत्री (अपांग) उम्मेदवार रहेका छन् ।

त्यस्तै प्रदेश ६ बाट  विष्णुबहादुर शाही (खुला), सूर्यदेवी मल्ल ( महिला), सिताराम विके (दलित), गोपालप्रसाद शर्मा (अपांग) उम्मेदवार रहेका छन् ।

सोमवार कांग्रेस पार्टी  बैठकले प्रदेश ७ बाट बद्री पाण्डे (खुला), तारादेवी भट्ट ( महिला), छत्रराज जोशी (अपाङ्ग) र सेरीराम पार्की (दलित) उम्मेदवार रहने निर्णय गरेको थियो  ।

 प्रदेश १, २ र ३ को आज साँझसम्म उम्मेदवार टुंगो लगाउने कांग्रेसले जनाएको छ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ