arrow

पाल्पामा बिहानै पल्टियो जिप

logo
प्रकाशित २०७४ माघ ११ बिहिबार
accident-final.jpeg

पाल्पा । पाल्पाको पूर्वखोला गाउँपालिका–६, हेक्लाङ्गमा बिहान जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । 

तानसेनबाट हेक्लाङ्ग जाँदै गरेको लु १ ज ३४९९ नं को जिप दुर्घटना हुँदा हेक्लाङ्गका ४५ वर्षीय दानबहादुर रानाको मृत्यु भएको हो । 

दुर्घटनामा परी घाइते भएका रानाको उपचारका लागि तानसेन ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । 

जिप सडकदेखि करिब २० मिटर तल खसेको थियो । 

जिपमा दुईजना सवार रहेको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ