arrow

सिलवाल प्रकरण मेरो सरकारले हेर्छ : ओली

logo
प्रकाशित २०७४ माघ ११ बिहिबार
Kp-oli-speaking-11017716.jpeg

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नवराज सिलवाल प्रकरण नयाँ बन्ने सरकारले छानविन गर्ने बताएका छन् । शनिवार एमलेले गरेको विशेष पत्रकार सम्मेलनमा बोल्दै ओलीले सो कुरा बताएका हुन् ।

उनले नवराज सिलवालले आफु असुरक्षित रहेको भनाइ निराधर नभएको बताए । उनले भने  'सिलवाल प्रकरण बारे  पछि बन्ने सरकारले यथार्थमा छानविन गर्नेछ । जो दोषि छ त्यसलाई कार्वाहि हुनेछ ।'

कार्यसम्पादन मूल्याङ्कन कीर्ते प्रकरणमा फसेका सिलवाल बारे ओलीले सरकाले अन्य अपराधीहरु छोडेको तर सिलवालको पछि भने प्रहरीको लाम लागाएरै लाग्नु सरकारको नियत माथि प्रश्न उठेको बताए ।

उनले भने 'सरकारले बम पड्काउनेलाई छोड भन्ने नछोडे प्रहरीकै सरुवा गर्ने र उसैलाई बम पड्काउने गरेको छ । '

ललितपुर क्षेत्र नम्बर १ का सांसद सिलवालले आफू प्रधानमन्त्री शेरबहादुर देउवा र प्रहरी महानिरीक्षक प्रकाश अर्यालबाट असुरक्षित रहेको भन्दै विज्ञप्ति नै निकालेका थिए ।

उनले आफूमाथि झुटो आरोप लगाएर प्रतिशोध साँधिरहेको आरोपसमेत लगाए ।  कार्यसम्पादन मूल्याङ्कन कीर्ते प्रकरणमा फसेका सिलवाल भागीभागी कहिले ट्वीटरमा त कहिले विज्ञप्ति नै निकाल्ने गरेका छन् ।  

 नेपाल प्रहरीका पूर्वडिआर्इजी सिलवाललेआफूलाई फसाउन खोजिएकाले सम्पर्कमा नआएको समेत बताउँदै आएका छन् ।  झण्डै तीन दशक प्रहरी सेवामा रहेरका  सिलवाल पुस १८ गतेदेखि बेपत्ता छन् । उनको परिवार समेत अमेरिका लागेको छ । उनकी श्रीमती र दुई छोरी अमेरिका गएका छन् ।


 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ