arrow

पाठक रासस सञ्चालक समिति सदस्यमा नियुक्त

logo
प्रकाशित २०७४ माघ ११ बिहिबार
ekraj.jpg

काठमाडौँ । राष्ट्रिय समाचार समितिका कार्यकारी सम्पादक एकराज पाठक रासस सञ्चालक समिति सदस्यमा आगामी चार वर्षका लागि नियुक्त  भएका छन् ।  सूचना तथा सञ्चार मन्त्रिस्तरीय निर्णयबाट शुक्रवार उनि सञ्चालक समिति सदस्यमा नियुक्त भएका हुन् ।  

विसं २०५६ फागुन १९ गते राससमा सेवा प्रवेश गरेका पाठक राससमा अन्तर्राष्ट्रिय समाचार शाखा प्रमुख हुन् । आमसञ्चार तथा पत्रकारिता विषयमा स्नातकोत्तर पाठक पत्रकारिता विषयमा प्राध्यापन गर्छन् ।  उनका पत्रकारिता र सूचनाको हक सम्बन्धमा पुस्तकहरु प्रकाशित छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ