arrow

भारतीय नोट कारोबारमा संलग्न श्रेष्ठ पक्राउ

logo
श्रीधर भट्टराई,
प्रकाशित २०७४ माघ १२ शुक्रबार
manoj.jpg

प्यूठान । प्यूठान नगरपालिका ४ नयाँबजार जुम्रीमा रही गैर कानुनी ढंगले भारतीय नोटको कारोबार गर्दै आइरहेका मनोज कुमार श्रेष्ठ शुक्रबार पक्राउ परेका छन । जिल्ला अनुसन्धान ब्युरो टोलीले भारतीय नोटको कारोबार गरेको देखे पछि नगद ३७ हजार सहित रंगेहात पक्राउ गरेको हो ।

अपराह् १२ बजे मनोज कुमार श्रेष्ठले आफ्नै पसलबाट माण्डवी गाउँपालिका वडा. नं. १ बस्ने थम्मन बहादुर राउतसंग कारोबार गर्दै गर्दा शंकास्पद अवस्थामा खोज तलास गर्दा १४ थान २ हजारको नोट, १४ थान ५ सयको नोट, त्यस्तै १८ थान सयको ३२ नोट सहित फेला परेको थियो ।

अहिले श्रेष्ठलाई सोधपुछका लागि इलाका प्रहरी कार्यालय विजुवारमा राखिएको प्रहरी स.इ. मान बहादुर सिंहले बताए । जिल्लामा नयाँ विषय भएको हुनाले जिल्लाका कानुनी व्यवसायीहरुसंग परामर्श लिएर कारबाहीका लागि अगाडि बढ्ने जिल्ला प्रहरी प्रमुख राजेन्द्र पोख्रेलले जानकारी दिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ