तरुण दल संगठन सुदृढीकरणमा जुट्यो, भक्तपुरमा तीनदिने केन्द्रीय प्रशिक्षण हुँदै
प्रकाशित २०७४ माघ १३ शनिबार
202
Shares
काठमाडौं। नेपाल तरुण दलले आफ्ना शाखा सभापतिहरुको लागि प्रशिक्षण कार्यक्रम गर्ने भएको छ। यहि माघ २८ देखि फागुन १ गतेसम्म तीन दिनसम्म प्रशिक्षण कार्यक्रम सञ्चालन हुने अध्यक्ष जीतजंग बस्नेतले जानकारी दिए।
भक्तपुरको हिलसाइड भिलेज नगरकोटमा हुने प्रशिक्षणमा समसामयिक राजनीतिक समिक्षा तरण दलको संगठन तथा भावी रणनीति लगायतका बिषयमा छलफल तथा प्रशिक्षण हुनेछ।
कार्यक्रममा सबै जिल्ला शाखा तथा वैदेशिक शाखाका अध्यक्षहरुलाई अनिवार्य उपस्थितिका लागि परिपत्र गरिएको अध्यक्ष बस्नेतले बताए।
तीनै तहको चुनावमा पार्टीले व्यहोरेको हारको विषयमा पनि छलफल हुने बताइएको छ। चुनाव पछि देश नयाँ राजनीतिक चरणमा प्रवेश गरेको विशेष परिस्थितिमा तरुणहरुलाई थप एकतावद्ध र संगठनलाई सुदृढ बनाउन प्रशिक्षण आवश्यक भएको उनले बताए।
प्रशिक्षणमा पार्टीका नेता तथा अन्य वुद्धिजीवीहरुले प्रशिक्षण दिनेछन्। दलको कार्यकसमिति विस्तारका लागि समेत कार्यक्रमबाट नेतृत्वसँग पुन आह्वान गरिने पनि बताइएको छ।