arrow

प्रदेश तहबाटै काँग्रेस संगठन हेरफेर गर्नुपर्छ : रिजाल

logo
प्रकाशित २०७४ माघ १४ आइतबार

नगरकोट । नेपाली काँग्रेसका नेता डा मीनेन्द्र रिजालले अब काँग्रेसले संघीयतामा रहेर प्रदेश तहबाटै संगठनको हेरफेर गर्नुपर्ने बताएका छन् ।  

रफत सञ्चार क्लबमा आइतवार आयोजित साक्षात्कार कार्यक्रममा नेता रिजालले यसका लागि महासमितिको बैठक तत्काल बोलाउनुपर्ने बताए ।

बैठकले पार्टीको विधान परिवर्तन गरेर अघि बढ्नुपर्ने बताउँदै नेता रिजालले आगामी महाधिवेशनबाट अहिलेको नेतृत्वले नयाँ पुस्तालाई पार्टी नेतृत्व जिम्मा लगाउनुपर्ने बताए ।

काँग्रेस अब कार्यकर्तामा होइन आम जनतामा आधारित, आम जनताको पार्टीको रुपमा रुपान्तरित हुनुपर्नेमा नेता रिजालले जोड दिए ।

सरकार गठनपछि काँग्रेस प्रतिपक्षको भूमिकामा बसेर देश विकासका लागि रचनात्मक भूमिकामा रहने उनले बताए । वाम गठबन्धनलाई काम चलाउ सरकारले गरेका निर्णयमा भन्दा पनि सरकार गठन प्रक्रियामा अघि बढ्न उनले आग्रह गरे ।

उनले राष्ट्रियसभाको निर्वाचन तोकिएकै समयमा हुने बताएका छन् ।  राष्ट्रियसभाको निर्वाचनलगत्तै नयाँ सरकार निर्माण हुने पनि उनले बताए ।

मुलुकको सीमा मिचिएको विषय एकदमै जटिल भएका कारण यसका विषयमा सबै दलले गम्भीर भएर अघि बढ्नुपर्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ