बडीमालिकामा चर्कियो कर्मचारी र जनप्रतिनिधीवीच विवाद
प्रकाशित २०७४ माघ १५ सोमबार
321
Shares
बाजुरा । बाजुराको बडीमालिका नगरपालिकामा जनप्रतिनिधी र कर्मचारीबीच विवाद बढ्दै गएको छ । नगरपालिकाको सामान खरिदको विषयलाई लिएर विवाद बढेको बताइएको छ ।
नगरपालिकाको आर्थिक समित संयोजकलाई सामान खरिदमा नसोधी मनोमानी आवश्यक सामग्री खरिद गरेको विरोध गर्ने नगर उप प्रमखको र नगरपालिकाका कर्मचारी विच विवाद बढ्दै गएको हो ।
नगर उपप्रमुख कविता विष्टले सामान खरिदमा प्रमुख प्रशासकिय अधिकृत र लेखा अधिकृतले मनोमानी सामान खरिदमा कमिसनको खेल भएको आरोप लगाएको विभिन्न संचार माध्यममा आएपछि नगरपालिका प्रमुख प्रशासकिय अधिकृत र लेखा अधिकृतले उप प्रमखको जवाफका लागि पत्रकार सम्मेलन गरी सामान खरिदको विषयको प्रक्रियाबारे जानकारी गराएका थिए ।
नगरपालिकाका दुई जना कर्मचारीले गरेको पत्रकार सम्मेलनमा पहिलो नगर सभाबाट नै कार्यालय व्यवस्थापपनका लागि छुट्याइएको बजेटबाट कार्यालय व्यवस्थापनका लागि खरिद ऐन २०६३ बमोजिम पाँच लाख भन्दा कम सामानका लागि कुनै टेण्डर नगरी सोझै खरिद गर्न पर्ने व्यवस्था अनुसार आफुहरुले नगर प्रमुखको निर्देशनमा कार्यालयका लागि कुर्सी ,दराज,सोफासेट,कार्पेट लगायतका सामानम खरिद गरिएको सम्मेलन मार्फत जानकारी गराइएको हो ।
कर्मचारीको पत्रकार सम्मेलनमा आफुहरुलाई कमिसनका लागि कसैलाई थाहा नगरी सामान खरिद गरेको आरोप झुटो भएको लेखा अधिकृत कृष्ण बहादुर शाहीले बताएका छन् । उनले सामान खरिदक लागि एक कम्पनीबाट पाँच लाख भन्दा बढीको सामान खरिद नगरेको बताए ।
कार्यालय व्यवस्थापनका लागि पुजिगत १९ लाख ५० हजार मध्ये १२ लाख ५५ हजार फर्निचर खरिद गरिएको छ,भने चालुबाट २४ लाख कार्यालय सामग्री तथा मसलन्दका लागि तिन लाख खर्च भईसकेको पत्रकार सम्मेलनमा प्रस्तुत गरिएको थियो ।
स्थानीय तहका वडा अध्यक्षहरुले बारम्बार कार्यालय व्यवस्थापनका लागि सामग्री माग्न थालेपछि विनियोजित बजेटबाट प्रमुख प्रशासकिय अधिृकत र लेखा अधिकृतले सोझै खरिद गर्न पाउने हुदा कसैलाई नसोध्नु भन्दा नगर प्रमवुख पदम बडुवालको निर्देशनमा सामान खरिद गरिएको शाहीको भनाई रहेको छ ।
लेखा अधिकृत शाहीले टिप्पर चालकलाई दवाद दिएर पेश्की लिन लगाएको आरोपको खण्डन गरे । उनले प्रमुख प्रशासकिय र लेखा अधिकृतको नाममा पेश्की लिन नपाईने हुदा टिप्पर चालक गोरख बोहराको सहमतीमा नै सोही व्यक्तिको नाममा पेश्की निकालीएको बताए ।
सम्मेलनमा नगरपालिकाका विकास निर्माणका कार्य र अन्य योजनाहरुको सम्झौता नै नगरी काम गर्न थालेकोले भुक्तानी दिन समस्या भएको जानकारी गराइएको छ । सम्मेलनमा कर्मचारीहरु नै कार्यालयमा उपस्थित नभएकाको तलव समेत दिन दवाव आउने गरेको समेत खुलासा भएको छ ।
एजीसिडीपी सामाजिक परिचालक राधिका सिंह कार्यालयमा नआउने र अन्तिममा आएर तलव माग्न थालेपछि आफुहरुले काम नगरेको तलव दिन नसक्ने भन्दै रोकिदिएपछि जनप्रतिनिधीहरुको तलव दिन दवाव आउने गरेको छ । सामान खरिदमा कुनै खरिदका लागि माग तथा खरिद आदेश नभएका कारण भ्याट रहितका पसलहरुबाट ल्याएका कार्यालय प्रयोजनका सामग्रीको भुक्तानी गर्न कर्मचारीले नमानेका बुझिएको छ ।
यता जनप्रतिनिधीहरुले भने कानूनी प्रक्रियामा मात्र कार्यालयको हितमा हुने गरी काम गर्न निर्देशन दिदै आएको बताएका छन् । उनिहरुले नगरको काम नगर्ने कर्मचारीको तलव दिन कुनै दवाव नदिएको नगर प्रमुख पदम बडुवाले बताए । आफु पाँच वर्षसम्म नगरको विकासमा लाग्ने भएकाले कुनै कर्मचारीलाई आर्थिक तथा सामाजिक रुपमा बाधा नपुर्याउने बताए ।
उनले आफु माथि लगाएको कमिसनको चक्करको अपमान भएको भन्दै पत्रकार सम्मेलन गर्न पाउनु नैसर्गिक अधिकार समेत भएको बडुवालको भनाइ रहेको छ ।