भारतीय विदेशमन्त्री स्वराज नेपाल आउँदै, यस्तो छ कारण
प्रकाशित २०७४ माघ १५ सोमबार
280
Shares
काठमाडौं । भारतीय विदेश मन्त्री सुषमा स्वराज नेपाल आउँदैछिन् । उनी दुई दिने भ्रमणका लागि बिहिबार (फेबु्रअरी १) काठमाडौं आउन लागेकी हुन् ।
भ्रमण राजनीतिक, सौहार्दता, आपसी सहमति र पुरानो मित्रतालाई अझ बढी मजबुद पार्नका लागि महत्च्वपूर्ण हुने भारतीय विदेश मन्त्रालयले जनाएको छ ।
विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै द्धिपक्षीय साझेदारी, उच्च स्तरीय राजनीतिक आदानप्रदानसंगै विविध क्षेत्रमा आगामी दिनमा अझै बढी सक्रिय र मजबुद बनाउनका लागि महत्वपूर्ण हुने समेत उल्लेख छ ।
नयाँ सरकार गठनको प्रक्रियामा नेपाल लाग्दै गर्दा स्वराजको नेपाल भ्रमणलाई निकै अर्थपूर्ण तरिकाले लिइएको छ ।
भेटका क्रममा स्वराजले विभिन्न दलका शिर्ष नेताहरुसंग छलफल गर्नेछिन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत हप्ता मात्रै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बधाइ तथा शुभकामना दिएका थिए ।
स्वराजको अहिलेको नेपाल भ्रमण अझ सशक्त हुने अनुमान गरिएको छ ।