arrow

सिरहाका ७० भन्दा बढी स्वास्थ्य संस्था स्थानीय तहमा हस्तान्तरण

logo
प्रकाशित २०७४ माघ १६ मंगलबार
siraha1.png

लहान। जिल्ला जनस्वास्थ्य कार्यालयले मातहतमा रहेका ७० वटा भन्दा बढी स्वास्थ्य संस्था स्थानीय तहलाई हस्तान्तरण गरेको छ । नयाँ व्यवस्थाअनुसार स्वास्थ्य संस्थालाई सम्बन्धित स्थानीय तहमा हस्तान्तरण गरिएको कार्यालयका प्रमुख डा चुमनलाल दासले जानकारी दिए।

जिल्लाको मिर्चैया नगरपालिका, कर्जन्हा नगरपालिकासहित विष्णुपुर गाउँपालिका, औरही गाउँपालिका, भगवानपुर गाउँपालिका, लक्ष्मीपुर पतारी गाउँपालिका, नवराजपुर गाउँपालिका र अर्नमा गाउँपालिका क्षेत्रभित्र पर्ने स्वास्थ्य संस्थालाई सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गरिएको उनले बताए ।

हस्तान्तरण गर्न बाँकी रहेका सुखीपुर नगरपालिका, लहान नगरपालिका, धनगढीमाई नगरपालिका, सिरहा नगरपालिका, कल्याणपुर नगरपालिका, नरहा गाउँपालिका र सखुवानन्कारकट्टी गाउँपालिकाभित्र रहेका स्वास्थ्य संस्था पनि केही दिनभित्रै हस्तान्तरण गरिसक्ने प्रमुख डा दासको भनाइ छ ।

सिरहामा दुई वटा सरकारी अस्पतालसहित १०४ हेल्थपोष्ट, तीन वटा शहरी क्लिनिक र एउटा सामुदायिक स्वास्थ्य एकाइ रहेको उक्त कार्यालयले जनाएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ