काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको दूरी झन् झन् टाढिंदै गएको छ । एक अर्कालाई आशंकाको नजरबाट हेर्न थालिएपछि एकताको कुरा पनि देखाउने कुरा मात्र हुने होकी भन्ने चर्चा पार्टी वृत्तमा हुन थालेको छ।
पार्टी एकता गर्ने भन्दै विभिन्न समुह गठन गरे पनि यिनीहरुबीचको आन्तरिक दशा भने कमजोर देखिएको छ । पार्टी एकता नै भएपनि त्यो दीगो हुन्छकी हुन्न भन्ने आशंका पनि ग्न थालिएको छ।
एकले अर्कालाई विश्वास गर्न सक्ने अवस्था छैन । पार्टी एकता पनि हुनेमा शंका बढ्न थालेको छ । एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्षका बीचमा विभिन्न विषमा आशंका वढ्न थालेको हो, जुन भारतीय विदेशमन्त्री ससुस्मा स्वराजको नेपाल भ्रमणमा देखिएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विश्वास पात्रका रुपमा एमाले अध्यक्ष केपी शर्मा ओली चिनिन थालेपछि ओलीलाई माओवादी केन्द्रको दृष्टिकोण फरक भएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले त ओलीलाई गाली नै गरेको छ ।
प्रचण्ड पुत्र प्रकाश दाहालको मृत्यु भएपछि सचिवालय सम्हाल्दै आएका मनोहरी तिमल्सिनाले त ओलीको फेहरिस्त नै सार्वजनिक गरेका छन् ।
उनले ओलीका तीन अवतार भन्दै माओवादीको आन्तरिक सञ्जालमा ओलीले कहिले के के गरे भनेर स्पष्ट पारेका छन् ।
उनले लगाएको आरोप अनुसार १ नम्बरमा ओली ०४६ सालदेखि ०७२ सालसम्म दिल्लीभक्त थिए अनि महाकाली सन्धिका प्रमुख योजनाकार थिए ।
दोस्रोमा ०७२ असोजदेखि ०७४ माघसम्म ओली चर्चित राष्ट्रवादी नेता भए, राष्ट्रका पहरेदार भए।
तेस्रोमा ०७४ माघदेखि प्रधानमन्त्रीका लागि छिमेकी हस्तक्षेप आमन्त्रण गर्ने भए ।
यसरी सचिवालय सदस्यले १२ वर्ष कुकुरको पुच्छर ढुङ्ग्रामा राख्यो बाङ्गाको बाङ्गै भनेर उल्लेख गरेका छन् ।
यो भनाइ अहिले माओवादी वृत्तमा भाइरल भइरहेको छ । एमालेलाई सार्वजनिक रुपमा रक्षात्मक बनाउन माओवादी अध्यक्षको सचिवालयका सदस्यले माओवादीका कार्यकर्ताहरुलाई सामाजिक सञ्जालमा 'ठोकौ' भन्दै पठाएको यो मेसेजको जवाफ ओलीले खोज्नुभन्दा अघी एमालेका कार्यकर्ताहरुले माओवादीको शैलीमाथि प्रश्न उठाउन थालेका छन्।
ओली माओवादीसंग विस्तारै टाढिंदै गएको यो संकेत हो। भारतको इशारामा ओली चलिरहेको र भारतको विश्वासबाट प्रचण्ड बाहिरिंदै गएको संकेत पनि यो प्रकरणबाट बाहिर सार्वजनिक भएको छ ।
प्रचण्ड पछिल्ला केही दिनदेखि तनावमा रहेको सचिवालय स्रोतले बताएको छ । प्रचण्ड पार्टी एकताका लागि गम्भीर भए पनि ओलीले बेवास्ता गर्दै गएको जनाइन्छ ।