काठमाडौं । नेपाल विद्युत प्राधिकरणमा देखिएको सोलार भुक्तानी प्रकरण चर्किँदो छ । यसको विरोधमा नेपाल विद्युत प्राधिकरण कर्मचारी संघको आधिकारिक ट्रेड युनियनले कुनै पनि हालतमा भ्रष्टाचारीलाई नछोड्ने प्रतिवद्धता जनाएको छ ।
यसले जलमाफियालाई कुनै पनि हालतमा कार्वाही गर्नेसमेत जनाएको छ । युनियनले भनेको छ ‘ट्रेड युनियनको केन्द्रिय सदस्यमा निर्बाचित भएपछि हामीले आफ्नो कार्यशैलीमा केही परिवर्तन गर्ने क्रममा नेविप्रा प्रत्यक्ष अप्रत्यक्ष रुपमा भ्रष्टाचारबाट आक्रान्त भएकोले त्यसका महारोगीहरुको क्रियाकलापलार्इ निस्तेज पार्ने उद्धेश्यले गरिएको देशब्यापी अभियान माघ १३ मा नारायणी क्षेत्रीय समितीबाट आयोजित विशेष कार्यक्रम मा सहभागी भै राजधानी भित्रदै गर्दा सो अभियानमा सहयोग पुर्याउनु हुनु सम्पुर्ण क्षेत्रीय समिती, इकाइ समिती तथा सम्पुर्ण कर्मचारीहरुसहित पुर्व सचिब देखि पुर्व कार्यकारी निर्देशक, भुतपुर्व कर्मचारी, विशिष्टदेखी सहायक स्तरका कर्मचारी, न्यायप्रेमी जनताहरु समेतको बिश्वासलार्इ बिश्वासघात नगरी परिणाम मुखी आँधिबेहरी सृजना हुँदैछ ! भोलिको पुर्ण बैठक आधिकारिक भएपछिको पहिलो बैठक जुन केहि साथिहरु अझै सपथग्रहण समेत लिन पाएका छैनन् र सबै केन्द्रिय समितिका साथिहरुसंग परिचय पाउने ऐतिहासिक दिनको प्रतिक्षामा छौं ।’
युनियनले यो प्रक्रिया हुन नपाएकामा समेत आपत्ति जनाएको छ ।
युनियनका केन्द्रीय सदस्य दिनेश शिवाकोटीले अगाडि भनेका छन्, ‘महत्वपूर्ण कुरो के छ भने पहिलो बैठक सुरु हुनुभन्दा केहि हप्ताअघि नेबिप्रा सिध्याउनको लागी भएको अन्तर्घाती र राष्ट्रघाती निर्णय जुन डलर भुक्तानी प्रसङ्गप्रति जलाएर उट्घाटन हुँदै छ प्रमुख ३ दलका जलमाफियाहरुको संलग्नता रहेकाले उक्त निर्णय मा मौन समर्थन जनाएका उर्जा सचिब र कार्यकारी निर्देशक कुलमान घिसिङलार्इ नैतिकताको आधारमा राजिनामा गराउन बाध्य बनाउने छ त्यो आधिकारिक बैठकले । अन्यथा चरणबद्द आन्दोलनमा होमिने छ जसको परिणाम भयावह हुनेछ !’