स्वराजसंग प्रचण्डले पनि मिलाए हात, एक घण्टासम्म भयो के ?
प्रकाशित २०७४ माघ १९ शुक्रबार
527
Shares
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतीय विदेश मन्त्री सुष्मा स्वराजसंग छलफल गरेका छन् ।
सोल्टी होटलमा ‘वान टु वान’ एक घण्टासम्म दुवैबीच गम्भीर वार्ता भएको जनाइएको छ ।
एकघण्टासम्म हिजोदेखि आजसम्मको राजनीतिक अवस्था र भोलि के गर्ने भन्नेबारेमा प्रचण्ड र स्वराजबीच मन्थन भएको हो ।
भेटपछि सञ्चारकर्मीसँग भने प्रचण्डले ‘अब नेपालको प्रक्रिया कसरी अघि जाला भनेर स्वराजले जिज्ञासा राखेको बताए ।
भेटमा स्वराजले नेपालको चुनावपछि सरकार गठनको बारेमा सकारात्मक कुरा गरेको र बधाइ दिएकोसमेत प्रचण्डले जानकारी दिए ।
भेटबारे भारतीय विदेश मन्त्रालयले पनि भेटमा स्वराजले प्रचण्डलाई मंसिरमा भएको चुनावको परिणामबारे बधाई दिएको उल्लेख गरेको छ ।
भेटमा दुई देशबीचको आपसी सम्बन्धलाई कसरी अगाडि बढाउन सकिन्छ भन्नेबारे गम्भीर छलफल भएको समेत जनाएको छ ।
किन एक्लै गए प्रचण्ड ?
स्वराजलाई भेट्न प्रचण्ड एक्लै जानुका पछाडि भन्ने गम्भीर रहस्य लुकेको छ । माओवादीका अर्का नेता नारायणकाजी श्रेष्ठले सामाजिक संजालमा नेपाल भारतबीच सम्बन्ध बढाउनु राम्रो भए पनि स्वराजको अहिले भइरहेको भ्रमण त्यति उपयुक्त नभएको तर्क गर्दै सन्देश सम्प्रेषण गरेका थिए ।
त्यसैले पनि प्रचण्ड एक्लै जानु पर्यो । स्रोतका अनुसार विश्वासपात्रको अभाव र भारतको चाहना अनुसार नै प्रचण्ड एक्लै स्वराज भेट्न गएका थिए ।
बिहिबार भने स्वराजले एमालेका शिर्ष नेताहरुसंग सामुहिक कुराकानी गरेकी थिइन् । त्यतिबेला ओलीसंग ४५ मिनेट वान टु वान कुरा भएपछि स्वराजले सामुहिक कुराकानी गरेकी हुन् ।
अर्थात् त्यो ४५ मिनेटमा पनि के कुरा बाहिर ल्याउने भन्नेबारे पक्कै कुरा भएको थियो ।
प्रचण्डसंग बाम गठबन्धनका सम्बन्धमा समेत प्रचण्डले कुरा राखेको स्रोतको दाबी छ ।
प्रचण्डले भारतलाई विश्वस्त बनाउन एक घण्टामा सबै आन्द्राभूडी नै खोलेको बताइन्छ ।
शुक्रबार नै भारत जाँदै गरेकी स्वराज सोल्टी होटलमा बसिरहेकी छिन् ।