उपेन्द्र - स्वराजको भेट, भन्छन् 'हालखबर बुझ्ने काम भयो'
प्रकाशित २०७४ माघ १९ शुक्रबार
507
Shares
काठमाडौँ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले दुई दिने भ्रमणमा नेपाल आइपुगेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेट गरेका छन् । भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँगको भेटमा एक अर्काका चासोका विषयमा छलफल भएको यादवले बताए ।
नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री स्वराजसँग शुक्रवार भेटपछि अध्यक्ष यादवले भने, “एक अर्काको हालखबर बुझ्ने काम भयो ।”