arrow

मुख्य सचिव रेस्मीराज पाण्डेले गरे पदबहाली 

logo
सुनिल शिवाकोटी,
प्रकाशित २०७४ माघ १९ शुक्रबार
resmi_raj_pandey.jpg

मकवानपुर । प्रदेश नम्वर ३ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको मुख्य सचिवको रुपमा सुक्रबार रेस्मीराज पाण्डेले पदबहाली गरेका छन् । पदवहाली पश्चात उनले  मकवानपुरका सरकारी कार्यालयका प्रमुखहरुले तत्काल कार्यालय व्यवस्थापनमा सहयोग गरेको प्रति आभार समेत प्रकट गरे । 

उनी क्षेत्रीय प्रशासकको रुपमा काम गरिरहेका थिए मन्त्री परिषदको निर्णयले उनलाई मुख्यभन्त्री तथा मन्त्री परिषदको कार्यालउको सचिव घोषणा गरेको थियो । उनले कार्यक्रममा बोल्दै माघ २७ गतेको प्रदेशसभाको बैठकले मुख्य मन्त्री तोक्ने र त्यसपछि सबै मन्त्रालयहरुलाई व्यवस्थीत गरी संचालन गर्ने बताए । 

हाल सबै मन्त्रालय संचालनमा ल्याउन समेत उनले निर्देशन दिएका छन् । कार्यक्रममा मकवानपुरका सरकारी निकायका प्रमुखहरु सुरक्षा निकायका क्षेत्रिय स्तरका प्रमुखहरु म्कवानपुरका प्रमुख जिल्ला अधिकारी जिल्ला समन्वय समितिका उपप्रमुख लगाएत सरोकारवाला निकाय र पत्रकारहरुको उपस्थिति रहेको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ