रातो मच्छिन्द्रनाथको पुजारी बन्न एकै जनाले तिरे साढे १० लाख , यो इतिहासमै पहिलो पटक
प्रकाशित २०७४ माघ २० शनिबार
800
Shares
काठमाडौं । रातो मच्छिन्द्रनाथको पुजारी बन्न यसपाली साढे १० लाख एकैजनाले गुठी तहसील कार्यालय ललितपुरलाई बुझाएको छ ।
मच्छिन्द्रनाथको पानेजु अर्थात पुजारी बन्ने इतिहासमै यसरी पहिलोपटक १० लाख ५० हजार बुझाएको पान्जु संघका मुल पुजारी कपिल बज्राचार्यले जानकारी दिए ।
पान्जु संघका ३१ पुजारी मध्ये २ जना खाली भएकाले त्यो स्थानमा आएका मध्ये एकजनाले बोलकबोलका आधारमा गुठी लाई यतिधेरै रकम बुझाउनु परेको हो ।
पान्जु संघका २ जना धर्ममुनी शाक्य र इश्वरराज शाक्य को मृत्यु भएकाले उनीहरुको स्थानमा आएका मध्ये एकले साढे १० लाख रकम तिरे ।
मृतककै छोरालाई पहिलो प्राथमिकता दिने र उनीहरु इच्छुक नभएको अवस्थामा पान्जु सघका अन्य सदस्यले दावी गर्न पाउने नियम छ ।
मृतक धर्ममुनी कै छोरा आएकाले उसले नियम अनुसार १३ हजार तिरेको र अर्का ईश्वरराजका छोराले भने पान्जु बन्न धेरै रकम तिर्न नसक्ने भएपछि बोलकबोलका आधारमा नया आएका घरकुरुवा कर्ता नाइकेका छोराले साढे १० लाख तिरेका हुन ।
पान्जु संघले भने गुठी संस्थानले नभई संघ आफैलाई नया पान्जु छनौट गर्ने अधिकार दिनुपनेृ माग गरेका छन ।