arrow

एमाले नेताले भने, ‘बुझ्नुस् बामभित्रै षडयन्त्रकारी छन्, पार्टी एकता हुन्न’

logo
प्रकाशित २०७४ माघ २३ मंगलबार
uml-maobadi-flag.jpg

काठमाडौं । ‘बुझ्नुस् बामभित्रै षडयन्त्रकारी छन्, पार्टी एकता हुन्न’ । एकजना नेकपा एमालेका केन्द्रीय सदस्यसंग बाम गठबन्धनको पार्टी एकताको पछिल्लो अवस्थाबारे  विचार लिन खोज्दा उनले सम्झाउँदै र बुझाउँदै भनेको भनाइ हो यो । 

उनी ‘मेरो कोट सोट पर्दैन कुरो बुझ्नुस्’ भन्दै रन्किन थाले, ‘माले मसालेमा अवसरवादी घुसेको वर्षौं भइसक्यो असली नतिजा अब देखिन्छ, हामीलाई अवसर पनि दिन्नन् हाम्रा कुरा पनि सुन्दैनन् ।’

उनको भनाइ पार्टी एकता र सरकार भन्ने विषय फरक भएकाले सजिलै पार्टी एकता नहुने बताए । उनका अनुसार सम्भवतः पार्टी एकताको कुरा टरिसक्यो । 

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको पार्टी एकताको कुरो अब एकादेशको कथाजस्तै बन्ने लक्षण देखिँदैछ । पार्टी पंक्तिमा पार्टी एकता भनिए पनि वास्तविकता टाढिंदै छ । 

पहिले पार्टी एकता र पछि सरकार गठन भन्ने नेताहरु अब सरकार गठनपछि पार्टी एकता भन्न थालेका छन् । 

एमालेले माओवादीलाई दोसो तहमै राखेर पार्टी एकता गर्न चाहन्छ भने माओवादी सरकारको नेतृत्व वा पार्टीको नेतृत्व खोजिरहेको छ । 

कुर्सीकै खेलले गर्दा पार्टी एकताको सम्भावना टर्दै गएको छ । 

दुई पार्टीबीच कुर्सीको लडाइँ चलिरहँदा दुवै दलका शिर्ष नेताहरु भने काँग्रेससहित बाहिरियाले पार्टी एकता हुन दिएनन् भन्दै दोष लगाइरहेका छन् । 

गाँठी कुरो के हो त ? 
एमालेका केन्द्रीय सदस्यले हाम्राकुरालाई बताए , ‘खास कुरो के हो भनेर भन्नुहोला भन्देखिन् पार्टी एकता हुँदै छैन, हाम्रा नेताहरु पनि त्यस्तै छन् उताका नेताहरु पनि अवसरवादी छन् । कोही गतिलो छैन, सबैलाई शक्तिमा रहन परेको हो, जसरी मिलेका छन् त्यसरी नै शक्तिले टुक्रयाइदिनेछ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ