पाल्पा। पाल्पाको पुर्वी भेगको महत्वपुुर्ण पर्यटन क्षेत्रका रुपमा बिकसित तालपोखरामा डुुङ्गा सञ्चालनमा आएको छ। चारैतिर पानी नै पानीले भरिएको ताल बिचमा रहेको आकर्षक मन्दिर। स्थानियले बुधबार झकिझकाउ सहित सोही मन्दिरमा जलेश्वर महादेवको मुर्ती भित्र्याएका छन्।
मन्दिरमा दैनिक पुजापाठ सँगै मन्दिर पुग्न व्यबसायिक रुपमा २ वटा डुुङ्गा चलाएसँगै तालपोखरामा जमघट बाक्लिएको छ। परिक्षणका क्रममा ३ दिनदेखि डुुङ्गा चलाएकोमा समितिले बुधबार झाँकी सहित रामपुर बजार परिक्रमा गरि मन्दिरमा मुर्ती भित्र्याएसँगै व्यबसायिक रुपमा डुुंङ्गा चलाएको हो।
पोखराको फेवातालको झल्को मेटाउने गरि निर्माण गरिने लक्ष्य लिएर २०६६ सालदेखि शुरु गरेको तालपोखराले अहिले फेवातालको स्वरुप पाएको छ। बर्खाको समयमा पानी जम्ने, हिउदँमा खेल्न मिल्ने र गाई बाख्रा चराउने ठाउँमा अहिले डुुङ्गा शयर गरि धर्मालम्बी मन्दिर पुग्न शुुरु गरेका छन् । स्थानिय युवाहरुले फेवाताललाई स्मरण गर्दै पर्यटन प्रबर्दनमा जोड दिन तालपोखराको परिकल्पना गरेका थिए।
समितिले पोखरा बेगनासबाट २ वटा डुुङ्गा ल्याएर तालमा डुुङ्गा चलाउन शुरु गरेको ताल संरक्षण समितिका अध्यक्ष भरतराज देबकोटाले बताए। समितिले अहिले ५० रुपँया टिकटमा डुुङ्गाबाट मन्दिर जाने आउने व्यबस्था गरेको छ । २ लाख ४० हजारको डुङ्गा र ४६ हजारको ज्याकेट ल्याएर शुरु गरेका छौ उनले भने। १ घण्टासम्म पनि तालमा शयर गर्न चाहे त्यसको पनि व्यबस्था मिलाउने गरि अगाडी बढकोे देबकोटाले बताए ।
झण्डै ४ बिगा क्षेत्रफलमा फैलिएको तालपोखरा क्षेत्रमा डुुङ्गा चढेर मन्दिरमा गई दर्शन गर्न सकिनेछ भने मन्दिर पश्चिम दक्षिण भेगमा सुन्दर गार्डेन र बनभोज स्थल छ । १ करोडको लगानीमा तालपोखरालाई सञ्चालनमा ल्याइएको हो देबकोटाले भने–अझ व्यबस्थित बनाउने काम भइरहेको छ। मन्दिरमा ५ दिनसम्म नियमित पुजा पाठ चल्ने र फागुन १ गते शिबरात्रीको दिन मेला लाग्ने गरि तयारी गरिएको छ।
८ बर्षअघि हामीले गरेको परिकल्पना अहिले सार्थक भएको छ तालपोखरा संरक्षण समितिका संस्थापक अध्यक्ष देबराज देवकोटा अर्जुनले भने। २०६६ सालमा समितिले महायज्ञ गरि संकलित रकमबाट तालपोखरा निर्माण कार्य थालेको थियो । महायज्ञमा १ करोड ७२ लाख बराबरको रकम सङ्कलन भएको थियो । साथै तत्कालिन रामपुर गाबिसको सहयोग सहित जिल्ला बिकास समितिको १ लाख, रामपुर नगरपालिकाले ५ लाख सहयोग गरेको छ । शहरी बिकासको गुरुयोजना अनुसार व्यबस्थित गर्दै लगेको संस्थापक देबकोटाको भनाई छ।
मन्दिरका लागि २ वटा महादेबको मुर्ती ल्याइएको छ। एउटा मन्दिर भित्र प्रतिस्थापन गरिएको छ भने अर्को मन्दिर बाहिर व्यबस्थित गरि राखिने मन्दिर निर्माण समितिका संयोजक तथा सल्लाहाकार सागर प्रसाद देबकोटाले बताए । मन्दिरमा शिबको मुर्ती राखिएको छ । अन्य देवी देवताको राख्दा बलि चढाइने भएकाले फोहोर हुुने र जलाशयलाई स्वच्छ राख्न र जलाशयमा महादेब शिव नै रहने भन्दै महादेबको मुर्ती राखिएको देबकोटाले बताए । झण्डै ३० लाखको लागतमा मन्दिर बनेको हो ।
रामपुर नगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष हुुमनाथ न्यौपानेले भने–यसले वडा सहित समग्र नगरको शान बढाएको छ । उनले बोरिङ वा लिफ्टको माध्यमबाट तालमा पानीको व्यबस्था गर्ने योजना बनाएको बताए । हाल नहरको पानी तालमा राखेर डुुङ्गा चलाइएको छ । बर्खाको समयमा तालभरि पानी हुने गर्छ भने फागुन चैत्र र बैशाखलाई मध्यनजर गर्दै पानीको व्यबस्थापनमा आफुहरु लागेको न्यौपानेले बताए ।
छिमेकी स्याङ्गजा, तनहुुँ, र नवलपुुरको संगम स्थल साथै कालीगण्डकी करिडोरको आसपास र कालीगण्डकी नदी क्षेत्र भित्र पर्ने भएकाले पनि धार्मिक तथा पर्यटकीय केन्द्रका रुपमा यसले महत्व लिने रामपुर नगरपालिकाका प्रमुुख रमण बहादुर थापाले बताए । पार्कमा बस्न, घुुम्न, फोटो खिच्न र बजारका मानिस आनन्द लिन आउने गर्छन् स्थानिय बिष्णु गैरेले भने–अब मन्दिरमा भगवानको पुजा गर्न र डुङ्गाको मज्जा लिन झनै थपिनेछन् ।
पछिल्लो समय आन्तरिक पर्यटनको आकर्षणको केन्द्र बनेको तालपोखरामा अहिले व्यबसायिक रुपमा डुुङ्गा चलाएर मन्दिरमा चहलपहल शुरु भएपछि यस क्षेत्रमा पर्यटन प्रबर्दनको बिकासमा थप टेवा थपिने आशा स्थानियको छ।