arrow

प्रचण्डले 'फड्को हान्छु' भन्दा आत्तिए  योगेश भट्टराई

logo
प्रकाशित २०७४ माघ २७ शनिबार
yogesh-bhattarai.jpg

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको शनिबार दिउँसोको अभिव्यक्तिपछि एमालेका नेताहरु झस्किएका छन् । शनिबार चितवनमा गुम्बा उद्घाटन कार्यक्रममा प्रमुख अतिथी बनेर गएको बेला प्रचण्डले बोलेको अभिव्यक्ति पछि एमाले नेता योगेश भट्टराईले झस्किएको शैलीमा ट्वीट गरेका छन् । 

प्रचण्डले राजनीतिमा आफ्नो कुनै स्वार्थ नभएको बताउँदै देश संकटमा परेको बेला विगतमा र अहिले पनि आफूले सबै समूह, शक्तिबीचको तिक्तता र विवादलाई साम्य गरी निकासतर्फ अघि बढाउने भूमिका खेलेको बताएका थिए । उनले भनेका थिए ‘म अहिले जुन किसिमले हिँडेको छु, यसबाट देश र जनतालाई फाइदा पुग्ने लागेन भने म फडको मार्न सक्छु । मेरो मुख्य उद्देश्य समुन्नत र समृद्ध नेपालको निर्माण हो । शान्तिपूर्ण र समृद्ध नेपालका लागि नै मैले आफ्नो जीवन समर्पित गरेको छु।’

यही अभिव्यक्तिपछि एमाले नेता भट्टरार्इले ट्वीट गर्दै फड्के हान्दा खाल्डोमा पर्नेसक्ने चेतावनी दिएका छन् । उनले भनेका छन् 'अचानक फड्को हान्दा बिचैमा खसेर बेहाल पनि त हुनसकिन्छ नि कि कसो कमरेड ? फड्को, छलाङ, क्रमभङ्ग, महाबिपत्ति जस्ता शब्दहरु उपन्यासकार तिर पन्छाइदिए राम्रो होला कि?'

पार्टी एकीकरणको बेलामा आएका यी दुई अभिव्यक्तिहरुले कतै एमाले र माओवादीको बीचमा तिक्तता सुरु भएको त छैन ? भन्ने आशंका धेरैमा उब्जिएको छ । सम्मानजनक स्थानको लागि वार्गेनिङ गरिरहेका प्रचण्डको दिउँसोको यस्तो सांकेतिक धम्की र बेलुकाको एमाले नेताको यस्तो प्रतिजवाफले उनीहरुबीचको तिक्तताबारे नयाँ आशंका थपेको हो । 

अहिले गठबन्धनको विषय सेलाईनसकेको भएपनि त्यति ज्वलन्त पनि छैन । यस्तो अवस्थामा केही दिन अघिको भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणले पनि एमाले र माओवादीबीचको दूरीलाई केही पर लगेको आशंका आम कार्यकर्ता बृत्तमा छ । तर, कार्यकर्ताको भावना अनुरुप नेताहरुले काम गर्न नसकिरहेको आरोप पनि लागेको छ।यही अवस्थामा फर्किने पुल भत्काईसक्यौं भन्ने प्रचण्डले फड्को मार्ने अभिव्यक्ति पछि एमालेका नेताहरुले पनि यसको जवाफ तात्तातै फर्काएका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ