arrow

संविधान सबैले स्वीकारीसके : ओली

logo
प्रकाशित २०७४ माघ २८ आइतबार
oliss.jpg

काठमाडौं । नेकपा –एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानालाई सबैले स्विकारेको बताएका छन् । संविधानसभाले संविधान जारी गर्दाको समय केही विमतिहरु भएपनि अब त्यस्तो अवस्था नरहेको ओलीले बताए ।

 आइतबार नेपाल व्यवस्थापन संघ (म्यान)को ३७ औं साधारणसभालाई होटल याक एण्ड यतीमा उद्ध्घाटन गर्दै अध्यक्ष ओलीले संविधानले तयार गरेको संरचनाका आधारमा निर्वाचनमा सहभागी हुने, निर्वाचन जित्ने, हार्ने भएपछि अब संविधानको सर्वस्विकार्यतामा कुनै दुविधा नरहेको बताए  । ‘संविधानलाई अब सबैले सहजताका साथ लिएका छन् । यसमा अब कुनै दुविधा छैन’ ओलीले भने ।

हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि नेपालको राजनीतिक संक्रमणकाल अन्त्यतिर पुगको ओलीले बताए । ‘नेपालको राजनीतिक संक्रमणकाल लगभग टुंगियो । त्यसैले अब विकास र समृद्धिको बाटोमा हामी अगाडी जान्छौं ।’ विकास र समृद्धिका निम्ती स्थायीत्व र स्थीरता आवश्यक पर्ने भएकोले जनताको यो अपेक्षालाई पुरा गर्न आफुहरु प्रतिवद्ध रहेको ओलीको कथन छ । ‘हामी उत्पादन र उत्पादकत्व वितरणमा मात्र ध्यान दिदैनौ यसको समुचित वितरणमा समेत चनाखो रहन्छौं’ ओलीले भने।

संयुक्त राष्ट्र संघले सन् २०३० सम्ममा हासिल हुने गरी राखेका १७ वटा दिगो विकास लक्ष्यलाई पुरा गर्न नेपालले द्रुतत्तर गतिमा दिगो विकास लक्ष्य राख्नु पर्ने ओलीको सुझाव छ । यो लक्ष्य हासिल गर्न गरिबी मुख्य चुनौति  रहेको ओलीको भनाइ छ । ‘आजको दुंनियाको मुख्य चुनौति भनेको गरिबी निवारण भएकोले त्यसको निवारणतर्फ जानु आवश्यक छ ’ ओलीको भनाइ छ ।

उनले नेपालमा स्रोत र साधनको अभाव नभए पनि त्यसको उचित व्यवस्थपन नहँदा नेपाली गरिब हुनु परेको बताए  । समृद्धिका लागि सामाजिक ,आर्थिक ,राजनैतिक व्यवस्थापन आवश्यक भएको बताउदै ओलीले भने ‘नेपाल गरिब हुनै नसक्ने तर व्यवस्थापनको अभावले गरिबी भोगिरहेको छ । तर अब व्यवस्थापनको अभावमा कुनै पनि कुरा अपुरो हुदैन ।’आफूले लोकतन्त्र,कानुनी शासन,शुसासन र आवधिक निर्वाचन जस्ता कुरामा कहिल्यै सम्झौता नगर्ने ओलीले बताए  ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ