arrow

ओलीको दम्भले त जित्यो, तर कसरी थेग्लान् मुख्यमन्त्रीले ?

logo
प्रकाशित २०७४ माघ २८ आइतबार
kp-oli-new.jpg.jpeg

काठमाडौं । टिकट वितरणदेखि नै माधव नेपाल पक्षलाई पेल्दै आएका केपी ओलीले अन्ततः प्रदेश सरकार गठनको समयसम्म ल्याईपुर्याउँदा नेतृत्वमा माधव नेपाल पक्षका नेताहरुको उपस्थिती शून्यमा पुर्याईदिएका छन् । सोमबार प्रदेश नं ४ मा पृथ्वी सुब्बा गुरुङले पद तथा गोपनीयताको सपथ खाएसँगै मुख्यमन्त्रीमा एमालेको तर्फबाट सबै केपी ओली निकटका नेताहरुले बाजी मारेका छन् । 

सुरुवाती समयदेखि नै सहमतिमा मुख्यमन्त्री चयन गर्ने पर्याप्त सम्भावना हुँदा हुँदैपनि ओलीको दम्भका कारण नै प्रदेश ५ बाहेक अन्यत्रको संसदीय दलको नेतामा निर्वाचन मार्फत् नै ओली पक्षका नेताहरुले चुनाव जितेका हुन् । आइतबार नै प्रदेश नम्बर ४ मा संसदीय दलको नेतामा पार्टी सचिव पृथ्वी सुब्वा गुरुङ चयन भईसकेका छन् । 

यस अघि प्रदेश नं १ मा नेपाल पक्षका भीम आचार्यले चुनाव जित्ने आशा गरिएको भएपनि अन्तमा शेरधन राईले नै चुनाव जितेका छन् । त्यस्तै, ३ नं प्रदेशमा मुख्यमन्त्री बन्नकै लागि गुट परिवर्तन गरेर ओली गुटमा गएका राजेन्द्र पाण्डे र अष्टलक्ष्मी शाक्यलाई पछि पार्दै डोरमणि पौडेलले बाजी मारेका छन् । त्यसपछि क्रमशँ ४ र ५ नं प्रदेशमा पृथ्वीसुब्बा गुरुङ र शंकर पोखरेल मुख्यमन्त्री बनेका छन् । 

यस्तो अवस्थामा अब केपी ओली निकटका यी मुख्यमन्त्रीहरुले अब आफ्नै पार्टीका र प्रतिपक्षी पार्टीका सांसद्हरुलाई समेत प्रतिपक्षी सांसद्को रुपमा सामना गर्नुपर्ने देखिएको छ । यसले पार्टी भित्र ओली र नेपाल गुट भनेर झनै तिक्तता आउने देखिएको छ भने नेपाल पक्षका सांसद्हरुमा अपनत्वको महसुस नै नहुने देखिएको छ । 

अहिले सबै प्रकारका बलबुता लगाएर पनि केपी ओलीले त जितेका छन् । तर, उनले पठाएका उनी पक्षका मुख्यमन्त्रीहरुले जित्न सक्लान् कि नसक्लान् ? त्यो भने उनीहरुको गतिविधिले मात्रै देखाउने छ । माधव नेपाल पक्ष र काँग्रेसको प्रतिपक्षलाई चिरेर जनताको रोजाई अनुसारको काम गर्न सकेमात्रै ओलीले र उनी पक्षका मुख्यमन्त्रीहरुले पनि जितेको ठहर्नेछ । 

मुख्यमन्त्री नपाएपछि अहिले सभाुमख भनेपनि आफ्नै पक्षले पाउनुपर्ने अडानमा माधवनेपाल पक्ष छ । तर, केपी ओली भने सजिलै सभामुख पनि नदिने पक्षमा लागिरहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ