कान्तिपुर बिरूद्ध किन रातारात वक्तव्य बाजीमा उत्रिईन आरजु राणा ?
प्रकाशित २०७४ माघ २८ आइतबार
270
Shares
काठमाडौं । प्रधानमन्त्री पत्नी समेत रहेकी काँग्रेस नेतृ आरजु राणा देउवाले आईतबार विज्ञप्ती जारी गर्दै कान्तिपुरको समाचारको विषयमा निन्दा गरेकी छिन् । आईतबार राती सामाजिक सञ्जालमा एक विज्ञप्ती जारी गर्दै आरजुले सो समाचारले आफ्नो चरित्रहत्या गर्ने प्रयास भएको आरोप लगाएकी छिन् ।
कान्तिपुर पब्लिकेसन्सद्वारा प्रकाशित नेपाल राष्ट्रिय साप्ताहिकको २८माघ -६ फागुन, २०७४ को अंक २७ मा 'लाचार लारी' विषयक समाचारमा आफ्नो पनि नाम जोडिएको भन्दै उनले विज्ञप्ती जारी गरेकी हुन् । उनले विज्ञप्तीमा भनेकी छिन् 'चरेश जस्तो लागुपदार्थ र आपराधिक क्रियाकलापमा मुछिएका मसकुर अहमद लारी सँग मेरो सम्बन्ध देखाएर चरित्रहत्या गर्न खोजेकोमा घोर निन्दा गर्दछु । उक्त झुटो, गैरजिम्मेवार र कुनियत राखेर छापेको समाचारको घोर भर्त्सना गर्दछु ।'