-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । मुलुकभरको मौसम एक्कासी बिग्रिएको छ । मंगलबार शिवरात्री भएकाले पनि त्यस वरपर प्रायः मौसम बिग्रने गरेको छ ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले सोमबार र मंगलबार मौसम बदली हुने बताए ।
यो दुई दिनको अवधिमा मुलुकका अधिकांश ठाउँमा वर्षा हुनेछ ।
पौडेलका अनुसार काठमाडौं उपत्यकाभित्र सोमबार साँझसम्म बर्षा हुनेछ ।
त्यसैगरी उच्च हिमाली भेगमा भारी हिमपात हुनेछ ।
मंगलबार रातिदेखि भनै मौसममा सुधार आउने छ ।
पौडेलले बाहिरी प्रभावले मौसममा परिवर्तन आएको जनाउँदै बुधबारदेखि मौसम सफा रहने जनाए ।