नेविसंघका मदन भण्डारी युजीको एशिया प्रशान्त क्षेत्रको उपाध्यक्षमा निर्वाचित
नेविसंघलाई २० बर्षपछि मिल्यो सफलता
प्रकाशित २०७४ फागुन ६ आइतबार
690
Shares
काठमाडौं। नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य मदन भण्डारी समाजवादी युवाहरुको अन्तराष्ट्रिय संघ यूजीको उपाध्यक्षमा निर्वाचित भएका छन्। नेविसंघका तर्फबाट भण्डारी एशिया प्रशान्त क्षेत्रको उपाध्यक्षमा निर्वाचित भएका हुन्।
यूरोपको मोन्टेनेग्रोमा भएको ३३ औं विश्व सम्मेलनबाट भण्डारी उपाध्यक्षमा निर्वाचित भएका हुन्। नेविसंघका भण्डारी यूजीको उपाध्यक्ष हुने नेविसंघका चौथो नेता हुन। ३ जना प्रत्यासी मध्ये भण्डारी निर्वाचित भएका हुन्।
यूजीमा भाग लिन थाले यता नेविसंघको यो चौथो ठूलो सफलता हो । २० बर्ष यता नेविसंघको कोहि पनि यूजीमा निर्वाचित हुन सकेको थिएन।
भण्डारीले २० बर्ष पछि यूजीमा नेविसंघको उपस्थितिलाई बलियो बनाएका छन्। भण्डारीले टेलीफोनमा भने, ' नेविसंघको लागि पछिल्लो दुई दशकमा यो ठूलो अन्तराष्ट्रिय सफलता हो। '
यसअघी अर्जुन कार्की, उदय शमशेर राणा, राजुराज जोशी पनि यूजीको उपाध्यक्षमा निर्वाचित भएका थिए।
१२० देशका समाजवादी यूवा विद्यार्थी संस्थाहरु सदस्य रहेको यूजीको सम्मेलन नयाँ नेतृत्व चयनका लागि यूरोपमा जुटेको थियो।