तरुण दलको केन्द्रीय प्रशिक्षण कार्यक्रम फागुन २२ देखि २४ सम्म
अनिवार्य उपस्थितिका लागि सर्कुलर
प्रकाशित २०७४ फागुन ६ आइतबार
682
Shares
काठमाडौं। नेपाल तरुण दलले फागुन २२ देखि २४ सम्म ३ दिन भक्तपुरमा भेला तथा प्रशिक्षण कार्यक्रम राखेको छ।
नगरकोटमा हुने आवासिय भेला तथा प्रशिक्षण कार्यक्रममा जिल्ला अध्यक्ष तथा विदेशस्थित शाखा अध्यक्षहरुलाई अनिवार्य उपस्थितिका लागि परिपत्र गरिएको तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले जानकारी दिए।
हिलसाइड भिलेज रिसोर्ट नगरकोटमा हुने भेला तथा प्रशिक्षणमा पार्टीका तथा अन्य विशिष्ट व्यक्तित्वहरुले तरुण नेता कार्यकर्ताहरुलाई प्रशिक्षण दिने कार्यक्रम रहेको छ।
नयाँ राजनीतिक परिस्थितिमा समसामयिक राजनीतिको समिक्षा, तरुण दलको संगठन तथा क्रियाकलाप र भावी रणनीतिको बारेमा छलफल हुने अध्यक्ष बस्नेतले बताए।
कार्यक्रमका बेला केन्द्रीय नेताहरुले तरुण अगुवाहरुलाई सम्वोधन तथा प्रशिक्षण गर्ने कार्यक्रम समेत तरुण दलले तय गरेको छ।