arrow

रामचन्द्रको चिन्ता : प्रजातन्त्र बचाऔँ

logo
प्रकाशित २०७४ फागुन ७ सोमबार
ramchandra-daju-news-aa.jpeg

दमौली, तनहुँ, ।  नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको आर्थिक, सामाजिक रुपान्तरणका लागि प्रजातन्त्रको संरक्षण र संवद्र्धन आवश्यक रहेको बताएका छन् ।

६८औँ प्रजातन्त्र दिवसको अवसरमा जिल्ला समन्वय समिति तनहुँले  दमौलीमा गरेको शुभकामना आदानप्रदान कार्यक्रममा नेता पौडेलले संविधान कार्यान्वयनको चरणमा रहेकाले प्रजातन्त्र र लोकतन्त्रलाई जीवन्त राख्न तमाम नेपालीको भूमिका महत्वपूर्ण हुने बताए ।

निर्वाचनपछि मुलुक आर्थिक समृद्धिमा अगाडि बढेकाले जनताले परिवर्तनको अनुभूति गर्ने उनको भनाई छ । कार्यक्रममा प्रतिनिधिसभा सदस्य कलिला खान, राष्ट्रियसभा सदस्य प्रकाश पन्थ, प्रदेशसभा सदस्यद्वय डोबाटे विक र सरिता गुरुङ, पूर्व सांसद रामचन्द्र पोख्रेल, एमालेका वैकल्पिक केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, जिसस उपप्रमुख पवित्रा पौडेललगायतले लोकतान्त्रिक मूल्य मान्यताको उचित संरक्षण हुनुपर्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ