अढाइ महिना 'फरार' रहेका सिलवाल प्रधानमन्त्री केपी ओलीसँग डीनरका लागि वालुवाटारमा
प्रकाशित २०७४ फागुन ७ सोमबार
692
Shares
काठमाडौं। एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएर वालुवाटार प्रवेश गरे लगत्तै फरार अभियुक्त करार भएका एमाले सांसद नवराज सिलवालले वालुवाटार प्रवेश पाएका छन्।
एमाले अध्यक्ष ओलीले गृहमन्त्री बनाउने भनेर पार्टी प्रवेश गराएका सिलवाल मन्त्रीमण्डल विस्तार वाँकी रहँदै ओलीलाई भेट्न वालुवाटार प्रवेश गरेका हुन्।
रेडकर्नर नोटीस समेत जारी भएर फरार अभियुक्त करार भएका सिलवाल प्रधानमन्त्रीकै निम्तोमा डीनरका लागि वालुवाटार पुगेको वालुवाटार निकट सुरक्षा स्रोतले जनाएको छ।
नेपाल प्रहरीले यसअघी देशभर जहाँ भेटेपनि पक्राउ गर्न आदेश दिएका सिलवाल नयाँ सरकार बनेसँगै प्रहरीकै सुरक्षा घेरा पार गर्दै वालुवाटारमा डीनरका लागि पुगेका हुन्।
सोमबारै नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता र सरकारको खाकामा अन्तिम रुप दिने तयारी भइरहेका बेला सिलवाल वालुवाटारमा टुप्लुक्क देखा परेका हुन्।
सिलवाल सरकारी छाप तथा दस्तखत किर्ते मुद्धाका क्रममा फरार रहेका थिए। उनी अढाइ महिनासम्म लुकिछिपी रहँदै आएका थिए।
सर्वोच्चको आदेशसँगै उनको बिषयमा प्रहरीले पुष ५ गतेबाट अनुसन्धान शुरु गरेको थियो। आइजिपी नियुक्ति विवादमा तत्कालिन डिआइजी सिलवालले कार्यसम्पादन मुल्याङकन किर्ते गरेको आरोप रहेको छ।
तत्कालिन प्रधानमन्त्री शेर बहादुर देउवाको पालामा उनको मुद्धा अगाडी बढे पनि उनको वहिर्गमनसँगै सिलवालले शेर बहादुर विरुद्ध नै अभिव्यक्ति दिदै अब न्याय पाइने आशयले ट्वीट गरेका थिए। तर फरार करार रहेकै बेलामा वालुवाटारमा उनको आकस्मिक अवतरणलाई कानुनी राजको खिल्ली उडाउने कामको रुपमा लिइएको छ।