arrow

मुख्यमन्त्री भन्छन् ‘कृषि पहिलो प्राथमिकतामा’

logo
ईश्वर दत्त बडू,
प्रकाशित २०७४ फागुन ९ बुधबार
Trilochan-bhatta.jpg

कञ्चनपुर । ७ नम्बर प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कृषिलाई प्राथमिकतामा राखिने बताएका छन् । कञ्चनपुर उद्योग वाणिज्य संघद्वारा आयोजित प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको बुधबार महेन्द्रनगरमा समापन समारोहमा बोल्दै मुख्यमन्त्री भट्टले विकासको लागि कृषि क्षेत्र महत्वपूर्ण हुने भएकाले आफ्नो प्राथमिकता पनि कृषिको विकास गर्ने रहने बताए । 

‘कृषिमा राज्यले लगानी गरेपनि उल्लेख्य उपलब्धी भएको छैन, ‘मुख्य मन्त्री भट्टले भने, ‘नेपालको विकास र सम्बृद्धिका लागि कृषि क्षेत्रमा बढी भन्दा बढी लगानी गर्नुपर्छ ।’ लामो समयदेखि नेपाली जनताले गरेको त्याग, तपस्या, बलिदान र जनयुद्धबाट प्राप्त संघियता कार्यान्वयनमा चुनौती रहेको भन्दै उनले संघियताको जग बसाले मात्रै सम्बृद्धि र विकास हुने भएकाले सर्व प्रथम जग बसाल्नुपर्ने बताए । 

संघीयता कार्यान्वयनका लागि सबै क्षेत्रले संघीयता कार्यान्वयनका लागि साथ सर्मथन दिनुपर्नेमा जोडदिए । मुख्यमन्त्री भट्टले सिंहदरबारको अधिकार जनताको घरदैलोमा पुगिसकेको बताउदैले अघिकार उपभोगका लागि संघियता कार्यान्वयन हुनुपर्ने बताए । ‘संघीयता कार्यान्वयन भए, जुन हिजोसम्म हुन नसकेका काम पुरा हुन्छन्, ‘मुख्यमन्त्री भट्टले भने, ‘संघयता कार्यान्वयनका लागि जनताको साथ सर्मथन चाहिन्छ ।’ तीनैवटै सरकार बनिसकेको परिवेक्ष्यमा प्रदेश सरकारले पनि कानुन बनाएर प्रदेशको सम्बृद्धि र विकासका लागि योजना बनाउने समेत मुख्यमन्त्री भट्टले बताए । 

विगतमा हुन नसकेका कामको अनुसन्धान गर्दै हाम्रो मुख्य विषय कहाँ हो ? त्यतातिर लगानी गर्नुपर्नेमा उनले जोडदिँदै, उत्पादनका लगानी गर्न समेत स्थानीय उद्योगीसँग आग्रह गरे । बाह्यबाट आएको सहयोगीमा त्यती अपतन्व नहुने भएकाले आफ्नै लगानी गर्दा त्यसको सदुपयोग हुने मुख्यमन्त्रीको भनाई छ । मुख्यमन्त्री भट्टले पश्चिमसेती स्वदेशी लगानीबाट संचालन जोडदिए । ७ नम्बर प्रदेशका पर्यटन, उद्योग, जटिबुटी, कृषि क्षेत्रमा थुप्रै सम्भावना भएकाले त्यसको सदुपयोग गर्ने समेत बचन दिए । 

केन्द्र सरकारबाट संचालित योजनाहरुलाई तीव्र गतिमा अघि बढाउने प्रतिबद्धता जाहेर गर्दै मुख्यमन्त्री भट्टले महाकालीमा पुल, सुक्का बन्दरगाह, लगायत सडकका योजनालाई निरन्तरता दिने बताए । जनताले वर्तमान व्यवस्थाबाट धेरै अपेक्षा लिएको भन्दै अपेक्षा अनुसार काम गर्न जनप्रतिनिधीलाई थुप्रै चुनौती रहेको समेत बताए । एकात्मक राज्य व्यवस्थाबाट उपेक्षित ७ नम्बर प्रदेशका प्रसस्तै प्राकृति स्रोत साधन भएकाले त्यसको सदुपयोग गर्दै आर्थिक विकास गर्ने समेत मुख्यमन्त्री भट्टले बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ