बालुवाटारमा गठनबन्धनको बैठक, मन्त्रालय भागवण्डा मिलाउने कसरत
प्रकाशित २०७४ फागुन १० बिहिबार
548
Shares
काठमाडौं । मन्त्रालयको भागवण्डा र पार्टी एकता पछि विभिन्न नेताहरुको पदको विषयमा सहमति जुटाउनको लागि बाम गठबन्धनका संयोजन समितिको बैठक बसेको छ । बिहीबार दिउँसो बालुवाटारमा बसेको बैठकमा सहमती भएपछि मात्रै माओवादीले मन्त्रीहरुको नामावली पठाउने भएको छ ।
यही बैठकमा सहमती भएको खण्डमा आजै मन्त्री मण्डल विस्तार बारे ठोस धारणा तय गरेर अघिबढ्ने तयारी भईरहेको गठबन्धनका नेताहरुले जनाएका छन् । माओवादीसँगे सहमती नभएका कारण अहिले कति मन्त्रालय बनाउने भन्नेमा नै प्रधानमन्त्री ओली अलमलमा छन् । माओवादीलाई चित्त बुझाउन सकेसम्म १५ वटा मन्त्रालयको तयारी ओलीले गरिरहेका छन् भने भागवण्डाको कुरा मिलेपछि मात्रै मन्त्रालय तय हुने भएको छ ।
बैठक पार्टी एकतामा पनि केन्द्रीत हुने भनिएको भएपनि पहिले सरकार गठनको खाका तय भएपछि मात्रै यसबारे थप छलफल हुने एमाले नेताहरुले जनाएका छन् ।