मन्त्रालयको भागबण्डा मिल्यो : एमाले अर्थसहित १०, माओवादी गृहसहित ७ (सूचीसहित)
प्रकाशित २०७४ फागुन १० बिहिबार
501
Shares
काठमाडौं । लामो प्रयासपछि एमाले र माओवादीबीच मन्त्रालयको भागवण्डा मिलेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच लामो कुराकानीपछि मन्त्रालयको भागवण्डा मिलेको हो ।
एमालेले आफुलाई १० मन्त्रालय राखेको छ भने, माओवादीलाई ७ मन्त्रालय दिएको छ । एमालेले अर्थ, परराष्ट्र, भौतिक पूर्वाधार, सञ्चार, संघीय मामिला तथा सामान्य प्रशासन लगायतका १० मन्त्रालय राखेको छ । माओवादीले गृह र उर्जासहित ७ मन्त्रालय लिएको छ ।
माओवादीले गृह र उर्जासहित ७ मन्त्रालय पाएको छ । माओवादीले भौतिक पूर्वाधार र पर्यटन मागेको थियो । तर, दुबै मन्त्रालय एमाले आफैंले राखेको छ ।
माओवादी केन्द्रका नेताले मन्त्रालयको बागबण्डा पक्का–पक्की भने पनि एमाले नेताहरुले औपचारिक रुपमा टुंगो नलागेको बताएका छन् ।
यस्तै, मन्त्रालय कति राख्ने भन्ने विषयमा पनि दुई दलबीच सहमति भएको छ । अब प्रधानमन्त्री कार्यालयसहित १८ मन्त्रालय रहने बताइँदै छ ।
एमाले र माओवादीको भागमा परेका मन्त्रालय
(क) एमालेको भागमा परेका मन्त्रालयहरु
अर्थ तथा योजना
परराष्ट्र
रक्षा
भौतिक पूर्वाधार तथा यातायात
संघीय मामिला तथा सामान्य प्रशासन
सूचना सञ्चार
कानुन, न्याय तथा संसदीय मामिला
पर्ययन
शिक्षा तथा खेलकुद
स्वास्थ्य तथा जनसंख्या
(ख) माओवादीको भागमा परेका मन्त्रालयहरु
गृह
जलस्रोत तथा ऊर्जा
उद्योग, वाणिज्य तथा आपूर्ति
शहरी विकास, आवास खानेपानी तथा सरसफाइ
वन तथा वातावरण
कृषि, सहकारी तथा भूमि व्यवस्थापन
श्रम तथा रोजगार तथा महिला बालवालिका