रुपन्देही । नयाँ शक्ति नेपालको चौथो विस्तारित बैठक सम्पन्न भएको छ । शनिबार कपिलबस्तुमा भएको बैठकले पार्टी संयोजक सहित सातै प्रदेशका संयोजकको समेत चयन गरेको नयाँशक्ति नेपालले जनाएको छ ।
बैठकले पार्टीको केन्द्रीय संयोजकमा डा. बाबुराम भट्टराईलाई नै दोहोर्याउने निर्णय गरेको छ । ९९ सदस्यीय कार्यकारी समिति, ३५ सदस्यीय संरक्षक परिषद् र १५ सदस्यीय विज्ञ परिषद् गठन गरेको नयाँशक्तिले जनाएको छ ।
त्यस्तै, बैठकले सातै प्रदेशका संयोजक पनि चयन गरेको छ । यसरी चयन भएकाहरुमा प्रदेश १ को संयोजकमा राजेन्द्र किराँती, २ मा रामरिझन यादव, ३ मा गंगानारायण श्रेष्ठ, ४ मा रुद्रबहादुर गुरुङ, ५ मा नवराज सुवेदी, ६ मा सरुण बाँठामगर, र प्रदेश ७ को संयोजकमा कृष्णकुमार चौधरी छन् । बैठकले पार्टीको नाम फेर्ने निर्णय पनि गरेको छ ।