arrow

प्रचण्डकी बुहारी पनि मन्त्री बन्ने भइन्

logo
प्रकाशित २०७४ फागुन १४ सोमबार
bina-magar.jpeg

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी बिना मगर पनि मन्त्री बन्ने भएकी छिन् । 

बिना उनका पति प्रकाश दाहालको हृदयाघातका कारण मृत्यु भएकै शोकमै रहेका बेलामा प्रचारप्रसारमा गएकी थिइन् । 

कञ्चनपुरबाट उनले भारी मतले प्रतिस्पर्धीलाई हराएर प्रतिनिधिसभाको चुनाव जितेकी थिइन् । 

माओवादीले सरकारमा जाने ६ जनाको नाम टुंगो लगाउँदा बिना पनि परेकी हुन् । 

हुनत उनका ससुरा सदाबहार पार्टी अध्यक्ष अनि टुंगो लगाउने टोलीमा प्रचण्ड, अर्का मन्त्री बन्ने नाममा रहेका रामबहादुर थापा बादल र नारायणकाजी श्रेष्ठ भएकैले पनि बिनाको नाम आएको बताइन्छ । 

६ जनामा बिना, बादल, वर्षमान पुन अनन्त, शक्तिबहादुर बस्नेत, देवेन्द्र पौडेल र अमनलाल मोदी रहेका छन् । 

संयोग भन्नुपर्ला मगर समुदायबाट ६ मध्ये तीन जना माओवादीबाट सरकारमा सामेल हुँदैछन् । 

ओलीले सोमबारै मन्त्रीमण्डल बिस्तार गर्दैछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ