माओवादीले सरकारमा जाने ६ जनाको नाम टुंगो लगाउँदा बिना पनि परेकी हुन् ।
हुनत उनका ससुरा सदाबहार पार्टी अध्यक्ष अनि टुंगो लगाउने टोलीमा प्रचण्ड, अर्का मन्त्री बन्ने नाममा रहेका रामबहादुर थापा बादल र नारायणकाजी श्रेष्ठ भएकैले पनि बिनाको नाम आएको बताइन्छ ।
६ जनामा बिना, बादल, वर्षमान पुन अनन्त, शक्तिबहादुर बस्नेत, देवेन्द्र पौडेल र अमनलाल मोदी रहेका छन् ।
संयोग भन्नुपर्ला मगर समुदायबाट ६ मध्ये तीन जना माओवादीबाट सरकारमा सामेल हुँदैछन् ।