arrow

स्वार्थ नबाझ्ने गरी न्याय सम्पादन गर्न प्रेस युनियनको माग

logo
प्रकाशित २०७४ फागुन १५ मंगलबार
Press-Union.jpg.jpeg.jpeg

काठमाडौं । नेपाल प्रेस युनियनले स्वार्थ नबाझ्ने गरी न्याय सम्पादन गर्न माग गरेको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधिश गोपाल पराजुलीको विषयमा कान्तिपुर पव्लिकेशनबाट प्रकाशित हुने कान्तिपुर दैनिकमा प्रकाशित समाचारलाई लिएर सम्मानित सर्वोच्च अदालतको अवहेलनामा शुरु भएको न्यायिक प्रक्रियाका बिषयमा ध्यानाकर्षण भएको जनाउँदै युनियनले यस्तो माग गरेको हो । 

युनियनका महासचिव अजयबाबु शिवाकोटीले विज्ञप्ति जारी गर्दै सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित समाचारका बिषयमा चित्त नबुझ्दा त्यसका बारेमा अपनाइने निश्चित विधी र प्रक्रियाहरु पालना होस भन्ने मान्यता नेपाल प्रेस युनियन सदैव आइरहेको बताएका छन् । 

विज्ञप्तिमा, ‘यो प्रकरणमा न्यायालयका प्रमुखको व्यक्तिगत योग्यता माथि प्रश्न उठ्ने गरि आएको समाचार र त्यसैको आधारमा सम्मानित सर्वोच्च अदालतको अवहेलना भएको भनि परेको मुद्दा र त्यसमा आएको समाह्वान र अन्तरिम आदेशप्रति हाम्रो ध्यानाकर्षण भएको हो, भनिएको छ । 

विज्ञप्तिमा ‘मुद्दाको एक सरोकारवाला समेतको रुपमा रहेका प्रधानन्यायाधिश स्वयंको इजलासबाट मुद्दाको कारवाहि अघि बढेको अवस्थामा न्याय सम्पादनका क्रममा स्वार्थ बाझिएका हकमा सम्वन्धित न्यायाधिशले त्यस्तो मुद्दाको कारवाहि नहेर्ने अदालती परम्परा प्रभावित रहि स्वतन्त्र न्यायिक निरोपण हुने कुरामा शंका पैदा गरेको युनियनको बुझाई रहेको छ’ भनिएको छ । 

यस्तो छ विज्ञप्ति-

सर्वोच्च अदालतका प्रधानन्यायाधिश गोपाल पराजुलीको विषयमा कान्तिपुर पव्लिकेशनबाट प्रकाशित हुने कान्तिपुर दैनिकमा प्रकाशित समाचारलाई लिएर सम्मानित सर्वोच्च अदालतको अवहेलनामा शुरु भएको न्यायिक प्रक्रियाका बिषयमा नेपाल प्रेस युनियनको ध्यानाकर्षण भएको छ। सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित समाचारका बिषयमा चित्त नबुझ्दा त्यसका बारेमा अपनाइने निश्चित विधी र प्रक्रियाहरु पालना होस भन्ने मान्यता नेपाल प्रेस युनियन सदैव आइरहेको छ। यो प्रकरणमा न्यायालयका प्रमुखको व्यक्तिगत योग्यता माथि प्रश्न उठ्ने गरि आएको समाचार र त्यसैको आधारमा सम्मानित सर्वोच्च अदालतको अवहेलना भएको भनि परेको मुद्दा र त्यसमा आएको समाह्वान र अन्तरिम आदेशप्रति हाम्रो ध्यानाकर्षण भएको हो। मुद्दाको एक सरोकारवाला समेतको रुपमा रहनुभएका प्रधानन्यायाधिश स्वयंको इजलासबाट मुद्दाको कारवाहि अघि बढेको अवस्थामा न्याय सम्पादनका क्रममा स्वार्थ बाझिएका हकमा सम्वन्धित न्यायाधिसले त्यस्तो मुद्दाको कारवाहि नहेर्ने अदालती परम्परा प्रभावित रहि स्वतन्त्र न्यायिक निरोपण हुने कुरामा शंका पैदा गरेको युनियनको बुझाई रहेकोछ । नेपाल प्रेस युनियन स्वतन्त्र न्यायापालिकाको आधारभुत अवधारणालाई उच्च सम्मान गर्दै सम्मानित न्यायालय र न्यायाधिसहरुप्रति विश्वास र भरोसा राख्ने कुराको प्रतिवद्धता व्यक्त गर्न चाहन्छ । यहि जगमा सम्मानित अदालत र प्रधानन्यायाधिसबाट यस मुद्दाको स्वतन्त्र न्यायिक निरोपणको लागि मार्ग प्रशस्त गरी न्याय निरुपणका लागि अपिल गर्दछ। यसले नै आम नागरिकहरुको अन्तिम आशा र भरोसाको केन्द्रका रुपमा रहेको सम्मानित न्यायालय र न्यायाधिसहरु प्रतिको विश्वास र भरोसा बढाउँदै सम्मान र इज्जत बढ्ने वातावरण सिर्जना हुने कुरामा युनियन विश्वास राख्दछ। 

अजयबाबु शिवाकोटी
महासचिव



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ