arrow

केपीको सत्तालोलुपतासँगै अधिनायकवादको खतरा रहेको लेखकको आशंका

logo
प्रकाशित २०७४ फागुन १६ बुधबार
ramesh-lekhak.gif.gif

मन्थली। नेपाली काँग्रेसका केन्द्रिय सदस्य रमेश लेखकले संघिय संसदको सपथ नगरीकन प्रधानमन्त्री बन्न हतार गरेका सत्तालोलुप केपी ओलीले निवर्तमान सरकारले सिफारिस गरेका राष्टिय सभाका सदस्यहरुको नामावली फिर्ता गरेर मुलुकमा अधिनाायकवाद लाद्ने कामको सुरुवात गरेको आरोप लगाएका छन्। 

शहिद टिकाराज आरण स्मृति प्रतिष्ठानको आयोजनामा नेपाली काँग्रेसका नेता शहिद टिकाराज आरणको १८ औं श्रद्धाञ्जली सभा तथा शालीक सिलान्यास गर्न रामेछापको मन्थली पुगेका लेखकले शान्ति प्रक्रियालाई मूर्त रुप दिने काम संविधान निर्माण गर्ने काम र संविधानको कार्यन्वयन गर्न तीनै तहको निर्वाचन गर्न काँग्रेसले नेतृत्वदायी भूमिका खेलेको इतिहास साक्षी भएको बताए । अबका दिनमा आफनो नेतृत्वमा भएका कामको सफल कार्यान्वयनका लागी नेपाली कांग्रेस रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने लेखकले बताए। पार्टी पराजय भयो भनेर हतोत्साहित हुन नहुने भन्दै उनले कार्यकर्ताहरुलाई सम्झाए।

कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति लबश्री न्यौपानेले पार्टीलाई सानातिना विवादबाट मुक्त गरी मजबुत संगठन निर्माण गरेर नयाँ शिराबाट अगाडी बढ्नु पर्ने धारणा व्यक्त गरे।

महासमिति सदस्य तथा प्रतिनिधि सभाका उमेदवार पूर्ण बहादुर तामाङ कान्छरामले आफू पराजित भए पनि रामेछाप जिल्लाको विकासको लागी सदैब लागिरहने बताए। तामाङले शहिद टिकाराज आरण स्मृति प्रतिष्ठानलाई १ र जिल्ला भरीका लागी ६ वटा एम्बुलेन्स व्यक्तिगत रुपमा उपलब्ध गराउने तथा शालिक निर्माणमा पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता गरे।

शालीक निर्माणका लागी महाधिवेशन प्रतिनिधि भरत चौलागाँइले रु २ लाख हस्तान्तरण गरे। नेपाली कांग्रेसका जिल्ला उपसभापति जितेन्द्र मोक्तानले ५० हजार ५ सय , महाधिवेशन प्रतिनिधि बिनिता खडकाले २५ हजार सहयोग गर्ने बचनबद्धता जाहेर गरे। शहिद आरणको ससस्त्र द्धन्द्धको बेला नेकपा माओवादीका कार्यकर्ताहरुले २०५८ सालमा अपरण गरी हत्त्या गरेका थिए । २०६७ सालमा आरणलाई सहिद घोषणा गरिएको थियो । कार्यक्रम शहिद पत्नि मन्थली नगरपालिका वडा नं ९ इकाइ सभापति महेश्वरी आरणको सभापतित्वमा सम्पन्न भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ