arrow

शनिवार टुँडिखेल जाऔ, ‘बुद्ध नेपालमा जन्मेका हुन’ भन्ने संसारलाई सुना‌औ

टुँडिखेलमा ७५ हजार उपस्थित भएर ‘बुद्ध नेपालमा जन्मेका हुन’ भन्ने सन्देश दिईने

logo
प्रकाशित २०७४ फागुन १८ शुक्रबार
buddha.jpg

काठमाडौं । ‘गौतम बुद्ध नेपालमा जन्मेका हुन’ भन्ने तथ्य सन्देश दिन फागुन १९ गते शनिवार काठमाडौंको टुँडिखेलमा ७५ हजार मानिसको उपस्थितिमा धम्मपद (बुद्ध वचन) वाचन कार्यक्रम हुने भएको छ ।

उक्त कार्यक्रमको पूर्वसन्ध्यामा रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा पूर्वमन्त्री एवम् नेकपा एमालेका नेता आनन्द पोखरेलले बुद्ध नेपालमा जन्मेका हुन भनेर फेरी एकपटक संसारलाई सुनाउनको लागि कार्यक्रम आयोजना गरिएको बताए ।

 नेता पोखरेलले बुद्धका बारेमा फिजाईएका भ्रमहरुलाई मेट्नको लागि ७५ हजार मानिसले एउटै स्वरमा बुद्ध श्लोक वाचन गरेर विश्वलाई सुनाईने बताएका हुन् ।

उनले भने,‘बुद्ध धर्म शान्ति, सद्भाव, न्यायपूर्ण समाजको प्रतिविम्ब हो, यसलाई कसैले निजी धर्म नठकानीकन सबैको साझा सम्पतिका रुपमा लिनुपर्छ, विश्वमा गौतम बुद्धप्रति भैरहेका भ्रमहरुलाई चिर्नको लागि यो कार्यक्रमको आयोजना गरिएको हो, विश्वका ६ वटा देशका पाठ्यपुस्तकमा बुद्ध भारतमा जन्मिभएका हुन भनेर लेखिएको छ, हामीले त्यस प्रकारका भ्रमहरुलाई चिर्नुपर्छ ।’
उनले अघि थपे,‘भोलिको कार्यक्रम केबल विश्व रेकर्ड तोड्नको लागि मात्रै होईन स्वाभिमान र राष्ट्रियताको लागि हो, अर्को कुरा ७५ हजार मानिसको नाम रेकर्ड हुने हुँदा सबै जनालाई उपस्थित हुनको लागि आग्रह गर्दछु, बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उपस्थितिको लागि समय छुट्याईएको छ ।’

उक्त कार्यक्रमका सद्भावना दुत डा.भोला रिजालले विश्वमा शान्ति र अहिंसाको सन्देश फैलाएका बुद्ध नेपालमा जन्मेको भन्नेबारे कुनैपनि भ्रम नरहेको बताउँदै यो अभियानले  सुनियोजित रुपमा गलत सन्देश प्रवाह गर्नेलाई यथार्थलाई प्रष्ट पार्न सहयोग पुर्याउने विश्वास व्यक्त गरे । उनले गौतम बुद्धको जन्म अवतारको रुपमा भएको दाबी गरेका छन् ।

उनले भने,‘गौतम बुद्ध अवतारको रुपमा जन्मिनुभएको हो, उहाँको नाममा विश्वमा भ्रम छर्ने काम भएको छ, यो कुरा भ्रम हो भनेर भोली हामीले पुष्टि गर्दैछौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले धम्पदमा समावेश श्लोक वाचन गरेर उद्घाटन गर्नुहुँदैछ, देशको लागि ४ घण्टा समय दिनुपर्नेछ, १४ वर्ष माथिका व्यक्तिले सहभागिता जनाउन सक्नुहुनेछ ।’

त्यस्तै क्लबका सभापति ऋषि धमलाले बुद्ध नेपालमा जन्मिएका हुन भन्ने सन्देश हरेक दिन एकपटक संञ्चारकर्मीले वाचन गर्नुपर्ने धारणा राखे ।

साक्षात्कारमा नायक निखिल उप्रेतीले राष्ट्रियताको लागि एकजुट हुन आग्रह गरे ।  फागनु १९ गते राजधानीको टुडिखेलमा ७५ हजार मानिस जम्मा भएर एउटै स्वरमा ‘बुद्ध नेपालमा जन्मिएका हुन’ भन्ने वचन वाचन गरेर गौतम बुद्ध नेपालमा जन्मेका हुने भन्ने तथ्य संसार सामु चिनाउन विश्व किर्तिमानि परिषद नेपालले कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा उपस्थित हुने सबैलाई गिनिज बुक वल्र्ड रेकर्डको प्रमाणपत्र प्रदान गरिने आयोजक जनाएको छ ।
 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ