arrow

संसदमा देखिएका सिलवालले भने- म बिरुद्ध कुनै मुद्दा छैन, फरार छैन

logo
प्रकाशित २०७४ फागुन १९ शनिबार
silwal.jpg

काठमाडौं । एमाले सांसद नवराज सिलवालले आफुमाथी कुनै औपचारिक अभियोग दर्ज नभएको र आफु फरार ब्याक्ति पनि नभएको जनाएका छन् ।

ललितपुर क्षेत्रनम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद सिलवालले शनिवार एमाले र माओवादीका सांसदहरुको संयुक्त प्रशिक्षण कार्यक्रममा भाग लिएपछि ट्वीट गर्दै सो कुरा राखेका हुन् ।

उनले ट्विटमा  'नवराज सिलवाल माथि कुनै औपचारिक अभियोग दर्ज पनि छैन र उ कुनै फ़रार व्यक्ति पनि होइन। तथ्यलाई वंग्याएर केहि मित्रहरूले अन्यथा ढंगले प्रचार गरी जनमानसमा भ्रम फैलाएको प्रति दु:ख व्यक्त गर्दछु।' भनेका छन् ।

उनि सट प्यान्ट, कोट र ढाका टोपीमा हात हलाउदै बिहान वानेश्वरस्थित संसद भवन पुगेका थिए । उनी संसद् भवनभित्र छिरेपछि सबैको नजर उनि माथि परेको थियो ।

Image may contain: 1 person, text

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ