राप्रपाले भन्यो–महाकालीमा भारतले पुल बनायो सरकार–के गर्ने हो ?
प्रकाशित २०७४ फागुन २२ मंगलबार
170
Shares
काठमाडौ । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले महाकाली नदीमा भारतले अनधिकृत रुपमा पुल निर्माण गरेकोप्रति सरकारको ध्यानाकर्षण गराएको छ ।
राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठकले दार्चुलास्थित महाकाली नदीमा भारतले अनधिकृत रुपमा पुल निर्माण गरेकोमा आपत्ति जनाएको छ ।
राप्रपा अध्यक्ष कमल थापाले यसबारे सरकारको ध्यानाकर्षण गराएको बताएका छन् । उनले भारत सरकार समक्ष विरोध जनाउन र कुटनीतिक माध्यमबाट समस्या समाधान गर्न सरकारलाई आग्रह गरेका छन् ।