arrow

वेवारिसे लासका उद्दारकर्ता विजय, जसलाई समयले समाजसेवी बनायो

logo
प्रकाशित २०७४ फागुन २२ मंगलबार
bijaya_basnet.jpg

काठमाडौं । मानिस स्वभावैले आफ्नै मनलाई छुने कुनै समस्या परेपछि अरुको पीडालाई कसरी बुझ्छ भन्ने कुरा प्रमाणित गरेका छन् सोसल चेन्ज नामक संस्थाका संस्थापक विनयजंग बस्नेतले । उनी आफूलाई जिन्दगीले पाठ सिकाएर आफू यो ठाउँसम्म आईपुगेको बताउँछन् । 

कलिलै उमेरमा आमा गुमाउनु, बुबा गाडी दुर्घटनामा परेर बित्नु र जीवनसंगिनीले पनि त्यही बेलामा छाडेर गएपछि सुरु भएको थियो उनको जीवनको कठिन परीक्षाको घडी । त्यो परीक्षा यता उनी नितान्त छन् एक्लो र रित्तो । समयले उनलाई एक्लो बनाए पनि मन कहिल्यै एक्लो भएन । भन्छन नि जीवनमा सबैथोक खानु तर हरेश नखानु । हो हरेश खाएनन् उनले । 

बरु होमिए वेवारिसेहरुको जीवन र मुहारमा खुसी भर्न । आफू रित्तिएर पनि ऋणमा डुबेर भएर पनि उनी वेवारिसेहरुको उद्धारमा तल्लीन छन विगत आधा दशकदेखि । यो कहानी हो एक्सन फर सोसल चेन्ज नामक संस्थाका अध्यक्ष विनयजंग बस्नेतको । युवामयमा बाबुको गाडी दुर्घटनामा परेर निधन भयो । उनको शव त्रिवि शिक्षण अस्पतालको वेवारिसे गृहमा थन्किएपछि त्यही समय हो उनको मस्तिक रन्थनिएको । 

सरकारी ओहोदा महालेखा परीक्षकको कार्यालयका जागिरेबाबुको लास वेवारिसे लाशहरुको चाङमा भेटे लगतै उनको दिमाग हल्लियो आखिर जीवन भन्नु केही रहेनछ भनेर । जो कोही मान्छे, चाहे जति सुकै सम्पन्न भए पनि एक दिन बित्नेछ । थाहा छैन को मान्छे कतिखेर बित्छ र कसरी बित्छ ? हो, यही समयदेखि उनले स्थापना एक्सन फर सोसल चेन्ज नामको संस्था । संस्था स्थापना गर्नुको प्रमुख उद्देश्य थियो कोही पनि मान्छे बेवारिसे भएर बित्नु नपरोस भन्ने । 

यो बीचमा उनले सडक, मठ, मन्दिर र अस्पतालमा भेटिएका ७६ लासहरुको सत्गत् गरिसकेका छन् । एउटा लासको सत्गत् गर्न झण्डै १० हजार बढी खर्च लाग्ने गरेको छ । यद्यपि आम्दानीको स्रोत कोही छैन । बरु भएको जग्गा बेचेर भए पनि यी लासहरुको सत्गत् गरिरहेको बताउँछन् उनी । आफूले चढ्दै आएको मोटरसाईकल धरौटीमा राखेर उनले धेरैजनाको सत्गत् गरिसकेका छन् । 

उनी यस्तै व्यवारिसे विरामीहरुको उपचारसमेत गरिरहेका छन् । यही सिलसिलामा एक पटक एउटा साथीसँग लिएको ऋण समयमा तिर्न नसक्दा त्यो मुद्दा प्रहरीकहाँ समेत पुग्दा आफूलाई कैयौ पटक प्रहरीले समेत केरकार गरेको सुनाउँछन् उनी । तर, उनी त्यो प्रहरी कार्यालयबाट आउने फोनलाई उनले आफ्नो जीवनमा सिकेको पाठको रुपमा लिएर अघि बढ्ने गरेको बताउँछन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ