arrow

पोखरामा प्रदेश नं ४ स्तरिय महिला मञ्च कार्यक्रम हुने

पाण्डेको संयोजकत्वमा समन्वय  समिति गठन 

logo
प्रकाशित २०७४ फागुन २३ बुधबार
women-forum.jpg

पोखरा। प्रदेश बिकासको आधार, महिला मैत्री पुननिर्माण र सुरक्षित रोजगार बिषयमा केन्द्रित भइ प्रदेश नं ४ अन्तर्गत पोखरामा आगामी चैत्र ५, ६ र ७ गते महिला मञ्च कार्यक्रम हुने भएको छ। कार्यक्रमको लागि महिला मानव अधिकार रक्षक संजाल कास्कीका पूर्व संयोजक सरला कुमारी पाण्डेको संयोजकत्वमा कार्यक्रम संयोजन समिति गठन गरिएको छ।

समितिको सदस्यहरुमा महिला मानब अधिकार रक्षक संजाल कास्कीका अध्यक्ष जानकी शर्मा, पूर्ब अध्यक्ष उषा बरुवाल, बिना सिलवाल, जुना गुरुङ, महिला मानब अधिकार रक्षक संजालका सदस्य शारदा खत्री र सदस्य सचिवमा संजालकै सदस्य  पत्रकार सरिता तिमिल्सीना पगेनी रहेकी छन्। 

प्रदेश भित्रका गाउँपालिका र नगरपालिकामा निर्बाचित भएका महिला जनप्रतिनिधिहरु र महिला मानबअधिकार रक्षकहरुको बिचमा कार्यगत एकता बिकास गर्न सहयोगी वातावरण सृजना गर्ने, बिश्वको अर्थ राजनितिले नेपालको राष्ट्रिय नीति, सामुदायिक बिकास जस्ता मुद्दाहरुमा पारेको प्रभाब, दिगो बिकास लक्ष्य पुरा गर्न अपनाउनु पर्ने सिद्दान्त, महिला मैत्री समाज निर्माण गर्न प्रदेशमा रहेका स्थानिय तह,र राष्ट्रिय तहबाट गर्ने पर्ने सवालहरुको पहिचान गरि कार्यान्वयनका लागि साझा धारणाका साथ कार्ययोजना निर्माण गर्ने उदेश्यले महिला मञ्च कार्यक्रमको आयोजना गर्न लागिएको आयोजकको भनाइ छ।

महिला मानब अधिकार रक्षक सञ्जाल केन्द्रीय सचिवालयकी नारायणी देबकोटाका अनुसार कार्यक्रमको उद्घाटन प्रदेश नं ४ का मुख्य मन्त्री पृथ्बी सुब्बा गुरुङले गर्नेछन्। प्रदेश नं ४ का स्थानीय तहका महिला जनप्रतिनिधि र महिला मानब अधिकार रक्षक सञ्जालका करिव २ सय जनाले कार्यक्रममा सहभागीता जनाउने महिला मानब अधिकार रक्षक सञ्जाल कास्कीका अध्यक्ष जानकी शर्माले जानकारी दिइन।

कार्यक्रममा स्थानीय तहको न्यायिक समितिको भूमिका, महिला मैत्री स्थानीय तह, महिलाको श्रम, स्रोतमा महिलाको पहुँच, महिलाको शरीर, हानीकारक परम्परा, गलत अभ्यास लगायतका बिषयमा छलफल गरिनुका साथै स्थानीय तहका जनप्रतिनिधिको आचार संहिता निर्माण गर्दै प्रदेश नं ४ को घोषणा पत्र समेत जारी गर्ने कार्यक्रम रहेको अध्यक्ष शर्माले जानकारी दिइन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ