arrow

बेइजिङद्वारा गत वर्ष २९ करोड ७० लाख पर्यटकको स्वागत

logo
प्रकाशित २०७४ फागुन २४ बिहिबार
china-tourism.jpg

बेइजिङ। बेइजिङले सन् २०१७ मा २९ करोड ७० लाख पर्यटकलाई स्वागत गरेको पर्यटन व्यवसायीसम्बन्धी अधिकारीहरूले बुधबार जानकारी दिएका छन्। अधिकारीहरूका अनुसार देश र विदेशका गरी २०१७ मा २९ करोड ७० लाख पर्यटकलाई स्वागत गरिएको र सो संख्या सन् २०१६ को तुलनामा ४.३ प्रतिशतले बढी हो।

यस पर्यटन व्यवसायबाट ५४६.९ अर्ब युआन बराबरको आय आर्जन भएको उनीहरूले बताएका छन्। यस बर्ष ७ प्रतिशतले पर्यटन व्यवसायको आय आर्जनलाई बढाउने बेइजिङको उद्देश्य रहेको बताइएको छ। साथै यस वर्ष १४४ घण्टाको प्रवेशआज्ञालाई बढावा दिने पनि सरकारी अधिकारीहरूले जानकारी दिएका छन्।  रासस-सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ