बेइजिङद्वारा गत वर्ष २९ करोड ७० लाख पर्यटकको स्वागत
प्रकाशित २०७४ फागुन २४ बिहिबार
1k
Shares
बेइजिङ। बेइजिङले सन् २०१७ मा २९ करोड ७० लाख पर्यटकलाई स्वागत गरेको पर्यटन व्यवसायीसम्बन्धी अधिकारीहरूले बुधबार जानकारी दिएका छन्। अधिकारीहरूका अनुसार देश र विदेशका गरी २०१७ मा २९ करोड ७० लाख पर्यटकलाई स्वागत गरिएको र सो संख्या सन् २०१६ को तुलनामा ४.३ प्रतिशतले बढी हो।
यस पर्यटन व्यवसायबाट ५४६.९ अर्ब युआन बराबरको आय आर्जन भएको उनीहरूले बताएका छन्। यस बर्ष ७ प्रतिशतले पर्यटन व्यवसायको आय आर्जनलाई बढाउने बेइजिङको उद्देश्य रहेको बताइएको छ। साथै यस वर्ष १४४ घण्टाको प्रवेशआज्ञालाई बढावा दिने पनि सरकारी अधिकारीहरूले जानकारी दिएका छन्। रासस-सिन्ह्वा