रेशम चौधरीको नाममा राजपा ओलीलाई समर्थन गर्दै सरकारमा जाने
प्रकाशित २०७४ फागुन २६ शनिबार
156
Shares
काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्ने भएको छ । आइतबार बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिँदा आफूहरुले पक्षमा मतदान गर्ने पार्टीका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले जानकारी दिए ।
प्रतिनिधिसभाको शनिवारको बैठकपछि पत्रकारलाई प्रतिक्रिया दिँदै उनले संविधान संशोधनमा र प्रतिनिधिसभा सदस्यमा निर्वाचित रेशम चौधरीको मुद्दाका विषयमा पनि सरकारसँग सकारात्मक छलफल भइरहेको बताए । उनले राजपा सरकारमा जाने तयारीमा रहेको बताए ।
सदस्य यादवले छ प्रदेशमा वाम गठबन्धनको र प्रदेश २ मा आफूहरुको सरकार गठन भइसकेको अवस्थामा सोहीबमोजिम अगाडि बढ्ने विश्वास व्यक्त गरे।सबै तहको निर्वाचन भई मुलुक अगाडि बढेकाले समृद्धिमा सबैको ध्यान जानुपर्नेमा जोड दिँदै उनले संघीय सरकारसँग सहकार्य गरेर अगाडि बढ्ने उल्लेख गरे ।