arrow

ओलीलाई दुई सय ८ मत, विपक्षमा ६०

logo
प्रकाशित २०७४ फागुन २७ आइतबार
oli_samsad1.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा दुई तिहाई मत पाएका छन् । उनको पक्षमा दुई सय ८ र विपक्षमा ६० मत परेको छ ।

सभामुख कृष्णबहादुर महराले मतविभाजन गर्दा प्रतिनिधि सभामा कुल सदस्य संख्या दुई सय ६८ थियो ।

ओलीले संविधानको धारा ७६ को उपधारा (४) बमोजिम विश्वासको मत लिन प्रस्ताव प्रस्तुत गरेका थिए । नेपाली काँग्रेसका सांसदले प्रधानमन्त्रीको विपक्षमा मतदान गरे भने नेपाल मजदुर किसान पार्टीले प्रधानमन्त्रीको पक्षमा मतदान गरेन । नयाँ शक्ति पार्टी नेपालका सांसद डा. बाबुराम भट्टराई नेपाल बाहिर भएकाले उपस्थित भएनन् ।

ओलीको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा एमाले, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी नेपाल, संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्रका सांसदले समर्थन गरे ।

मत विभाजनअघि पाँच मिनेट जनाउ घण्टी बजाइएको थियो । त्यसपछि सभामुखको आसनको दाँया कक्षमा राखिएको वर्णानुक्रमानुसारको नामावलीमा हस्ताक्षर गरी सांसदहरुले प्रधानमन्त्रीको पक्षमा मत व्यक्त गरे ।

सभामुखको आसनको बाँया कक्षमा राखिएको वर्णानुक्रमानुसारको नामावलीमा हस्ताक्षर गरी सांसदले प्रधानमन्त्रीको विपक्षमा हस्ताक्षर गरे ।  प्रधानमन्त्रीमा नियुक्त भएपछि ३० दिनभित्र विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था अनुसार ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिएका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन ३ गते एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् । संविधानअनुसार प्रतिनिधिसभामा १६५ प्रत्यक्ष निर्वाचित र ११० समानुपातिक गरी कुल २७५ सांसद छन् । गत मंसिर १० र २१ गते दुई चरणमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमालेले १२१, नेपाली काँग्रेसले ६३, माओवादी केन्द्रले ५३, राजपा नेपालले १७, संघीय समाजवादी फोरमले १६ तथा नयाँ शक्ति पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक–एक र स्वतन्त्रले एक स्थानमा विजयी हासिल गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ