काठमाडौं । न्यायाधीश चोलेन्द्र शमशेरजबराले प्रधानन्यायाधीश गोपाल पराजुली नेतृत्वको पूर्ण इजलास बहिस्कार गरेका छन् । उनले इजलास बहिस्कार गर्ने भनेपछि अवहेलनाको मुद्दा लगाउने भनिएको छ ।
जबराले मुद्दा सुनुवाईको दोस्रो दिन फरक मत राखेका हुन् । आइतबार हेर्दा हेर्दैमा सकिएको ईजलास सोमबार १० बजे शुरु हुने भनिएपनि जबराको विरोधका कारण अनिश्चित भयो । उनले रातारात मन फेरे । सोमबार फरक मत जाहेर गरे ।