विमान दुर्घटना पर्ने को–को थिए विदेशी ? को थिइन् महिला पाइलट ? (नामावली)
प्रकाशित २०७४ फागुन २८ सोमबार
934
Shares
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको विमानमा सवार रहेका नेपाली र विदेशी यात्रुको पहिचान भएको छ ।
विमानमा चालक दलका चार सदस्य थिए । नेपालका ३३, बंगलादेशका ३२ तथा माल्दिभ्स र चीनका १–१ जना सवार थिए । हवाई यात्रीमा ३७ पुरुष, २६ महिला र दुई बच्चा रहेका बताइएको छ ।
बंगलादेशको राजधानी ढाकाबाट उडेको युएस–बाङ्ला एयरको विमान सोमबार दिउँसो सवा दुईबजेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दा अनियन्त्रित भई दुर्घटना भएको थियो । विमान पृथुला रसिदले उडाएकी थिइन् ।