एक तीर तीन निशानाः केसी, कान्तिपुर र चोलेन्द्र बिरुद्ध खनियो बार एशोसियसन
प्रकाशित २०७४ फागुन २८ सोमबार
478
Shares
काठमाडौं। नेपाल बार एशोसिएसनले सोमबार एक विज्ञप्ती जारी गर्दै शिक्षण अस्पतालका हाडजोर्नी विशेषज्ञ प्रा डा गोविन्द केसी, कान्तिपुर मिडिया ग्रुप र सर्वाेच्चका न्यायाधीस चोलेन्द्र शमशेर जबराविरुद्ध आक्रामक शैलीमा उत्रिएको छ । अदालतको मानहानी मुद्दामा सोमबार हुन लागेको पूर्ण इजलासको बहस जवराकै असहमती र उनले जारी गरेको विज्ञप्तीका कारण बस्न नसकेपछि बारले यस्तो विज्ञप्ती निकालेको हो ।
बारद्वारा जारी विज्ञप्तीमा पछिल्ला समय कान्तिपुर दैनिकमा प्रकाशित समाचार र डा. गोविन्द केसीले दिएका अभिव्यक्तिले न्यायालयको गरिमा घटाउने प्रयास भएको केसी र कान्तिपुरको नाम उल्लेख नगरि नै आरोप लगाईएको छ । एशोसिएसनले एकै विज्ञप्ती निकाली तीनै पक्षको विरोधमा उत्रिएको हो । नेपाल बार एशोसिएसनका महासचिव खम्ब बहादुर खातीले जारी गरेको विज्ञप्तीमा पत्रकारिता जगतले न्यायालयको गरिमा विर्सिएर आफ्नो स्वार्थ अनुसार अपव्याख्या गरिएको आरोप समेत लगाईएको छ ।
सर्बोच्च अदालतको मानहानी मुद्दाबारे सुनुवाइका लागि प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको नेतृत्वको पूर्ण इजलासमा न्यायाधीश चोलेन्द्रशम्शेर राणाले कान्तिपुर र डाक्टर गोविन्द केसीमाथि लागेको अदालतको मानहानीको मुद्धामा छिनोफानो गर्न बनेको पूर्ण इजलासमाथि आफ्नो फरक मत रहेको भन्दै बक्तब्य जारी गरेपछि सोमबारको सुनुवाई प्रक्रिया समेत स्थगित भएको थियो ।
जवराले प्रधानन्यायाधीश पराजुलीको पदावली साउनमै सकिएको जिकिर गर्दै उनीसँगको इजलासमा नबस्ने बताएका छन्। उनले सेवा निवृत्त भैसकेको व्यक्तिले तोकेको इजलासमा बस्नु कानूनी तथा नैतिक हिसाबले नमिल्ने उल्लेख गरेका छन् । तर बारद्वारा जारी विज्ञप्तीमा न्यायपालिकामाथि भएको प्रहार सिंगो न्यायप्रणालीमाथिको प्रहार भएको ठहर गरिएको छ ।