न्याय क्षेत्रमा पहुँच पुर्याउन यसरी दिइँदैछ प्रशिक्षण
प्रदीप आचार्य,
प्रकाशित २०७४ फागुन २९ मंगलबार
711
Shares
बुटवल । समाजमा रहेका बिपन्न र सिमान्तकृत समुदायको लागी न्याय र शुरक्षामा पहुँच पुर्याउन आधारधुत सामुदायीक मेलमिलाप प्रशिक्षण कार्यक्रम शुरु भएको छ ।
चैत्र ५ गतेसम्म चल्ने तालीम युकेएड र सर्चफर कमन ग्राउण्डको सहयोगमा सञ्चालनमा आएको हो ।
प्रशिक्षण कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रुपन्देही प्रमुख एकराज बिश्वकमाले रुपन्देहीको कोटहीमायी क्षेत्रमा यो तालीम निकै प्रभावकारी हुने बताए ।
उनले जिल्लामै केही पछाडी मानीएको क्षेत्रमा तालीम प्रदान गरेकोमा उनले आभार समेत ब्यक्त गरेका थिए ।
कानुन अन्वेषण तथा स्रोत विकास केन्द« (सेर्लड) रुपन्देहीको को आयोजनामा कोटहिमाई गाँउपालिका मेलमिलापकर्ताहरुको लागि सामुदायिक मेलमिलाप सम्बन्धि आधारभुत तालिम शुरु गरीएको सेर्लड रुपन्देही संयोजक राधा अर्यालले बताईन् ।
उनले मेलमिलापले अदालतको खर्च बचाउने बताउँदै यसले दुबै पक्षबिच हुनसक्ने द्वन्द्व हटाउन सहयोग गर्ने समेत बताईन् ।
बुटवल उपमहानगरपालिका ३ मा रहेको होटल मर्डिङ ड्युमा सञ्चालन भईरहेको तालीममा कोटहीमायी गाउँपालिका उपाध्यक्ष भानुमति बनिया तथा स्थानीय जनप्रतिनिधि, र गाउँपालिकाको सिफारिस गरीएका २७ व्यक्तिहरु सहभागि रहेका छन् ।
तालिममा सेर्लड संयोजक राधा भट्टराई, अधिवक्ता हेमा न्यौपाने, प्रशिक्षक राजेश चौधरी, अधिवक्ता लोकनाथ पन्त, सर्चफर कमन ग्राउण्डका रिर्जनल म्यानेजर जिवनत वाग्ले, सेर्लडका क्षेत्रीय संयोजक सिताराम अधिकारी लगायतले सहजीकरण गर्ने संयोजक भट्टरार्इले जानकारी दिइन् ।